विश्वकप फाइनलमा मेस्सी र एमबाप्पे आमने सामने


प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार

डिफेन्डिङ विश्व च्याम्पियन्सले बुधबारको सेमिफाइनलमा मोरक्कोलाई २ ० ले हराएपछि पेरिस सेन्ट जर्मेनका सहकर्मी लियोनल मेस्सी र केलियन एमबाप्पे आइतवार हुने अर्जेन्टिना र फ्रान्सबीचको विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् । एमबाप्पेले २३ वर्षको उमेरमा लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर पाएका छन्।

एकातिर ३५ वर्षको उमेरमा मेस्सी आफ्नो अन्तिम प्रतियोगितामा आफ्नो पहिलो विश्वकप जित्ने सम्भावना देखिरहेका छन् । अर्कोतर्फ १२ बर्ष कम उमेरका २३ बर्षीय एमबाप्पे फ्रान्सको विश्वकपको उपाधी रक्षा गर्न खेलाडीहरूको एक एलिट समूहमा सामेल हुनेछन्।

यी दुई स्टार यस वर्षको गोल्डेन बुटका लागि पनि प्रतिस्पर्धामा छन् । गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको अवार्ड हो । दुवैले अहिलेसम्म पाँच पाँच गोल गरेका छन् ।

लियोनल मेस्सी र केलियन एमबाप्पे ठूलो स्टेजमा आमनेसामने हुदै गरेको यो पहिलो पटक भने होइन। २०१८ को विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई राउन्ड अफ १६ मा ४ ३ ले पराजित गर्दा पनि उनीहरु आमने सामने भएका थिए । त्यसपछि एमबाप्पेले मेस्सी र उनको पूर्व क्लब बार्सिलोना विरुद्ध २०२० २१ च्याम्पियन्स लिग अभियानमा चार पटक गोल गरेका थिए ।

कतारमा जारी विश्वकपमा मेस्सीले पाँच गोल गरेका छन् भने तीन गोल उनको सहयोगमा भएको छ । एमबाप्पेले पाँच पटक गोल गरेका छन् र दुई गोल उनको सहयोगमा भएको छ । सहयोगमा आधारमा हेर्दा एमबाप्पे गोल्डेन बुटका लागि मेस्सीको पछाडि छन् । आइतबार फाइनलमा कसले बढी प्रभाव पार्छ भन्ने आधारमा त्यो परिवर्तन हुन सक्छ।

तपाई एम्बाप्पे वा मेस्सी कस्को पक्षमा हुनुहुन्छ ? जवाफ जे सुकै भएतापनि आइतबारको फाइनल नछुटाउनुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com