२०१८ मा अतिरिक्त समयमा सेमिफाइनल जितेको क्रोएसियाले इतिहास दोहोराउला?


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो ।

सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा फ्रान्ससँग खेलेको थियो ।

आज अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेलमा क्रोएसियाले २०१८ को इतिहास दोहाराउला कि दोहोराउन नसक्ला भन्नेबारे चासोका साथ हेरिएको छ ।

ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनल खेलमा अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट निर्णय गरिएको थियो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो ।

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com