३ बिलियन हिनामिना गर्ने ३० बर्षका क्रिप्टो सेलिब्रेटीलाई मनी लन्ड्रिंगसहित ८ अभियोग


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडबिरुद्ध धोखाधडी, धितोपत्र ठगी, वस्तु ठगी, र मनी लन्ड्रिंगको अभियोगहरु लगाइएको अभियोजनकर्ताहरुले खुलासा गरेका छन् । गत शुक्रबार आपराधिक अभियोगको साथ मुद्दा दायर गरिएकोमा त्यसका कागजात आज सार्वजनिक गरिएको छ। त्यसमा आठ अभियोगहरु समावेश छन् ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई सोमबार बहामासमा पक्राउ गरिएको हो । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्ध अभियोग दायर गरेपछि अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको हो ।

क्रिप्टोकरेन्सी संसारलाई हल्लाएको घटना यो पछिल्लो विकाश हो । प्रहरीले साँझ ६ बजेपछि बैंकम्यान फ्राइडलाई बहामासको नासाउमा रहेको उनको अपार्टमेन्ट कम्प्लेक्समा पक्राउ गरेको थियो। उनी मंगलबार बहमानियाको अदालतमा उपस्थित हुनेछन्।

यो गिरफ्तारीले बैंकम्यान फ्राइड र एफटीएक्सको अनुसन्धानमा ठूलो कदम हो । संस्थापक फ्राइड र उनको कम्पनी नोभेम्बर देखि गहन छानबीनमा परेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीलाई कम्तिमा ३ बिलियन तिर्नुपर्नेछ भने आफ्नो कोष निकाल्न सेवाग्राहीहरु असमर्थ भएका छन् । ग्राहकको कोषबाट रकम निकालेर अरु ठाउमा हालेकोबारे छानविन भइरहेको छ ।

३० वर्षीय क्रिप्टो सेलिब्रेटी बैंकम्यान फ्राइडको कम्पनीमा कम्तिमा एक मिलियन निक्षेपकर्ताहरूलाई उनीहरूको कोषमा पहुँच गर्न असमर्थ भएपछि गत महिनादेखि यो विषय चर्किएको हो ।

यदि आरोपहरू दुवै क्षेत्राधिकारमा कम्तिमा एक वर्षको जेल सजाय योग्य मानिएमा बहामाससँगको अमेरिकाको सुपुर्दगी सन्धिले अमेरिकी अभियोजनकर्ताहरूलाई प्रतिवादीहरूलाई अमेरिकी भूमिमा फिर्ता गर्न अनुमति दिन्छ ।

आफूले जानाजानी ठगी नगरेको तथा आफूले सोंचेजति आफू सक्षम नभएको उनले बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com