३ बिलियन डलर हिनामिनापछि बहामसमा बसेका क्रिप्टो सेलिब्रेटी साम बैंकम्यान फ्राइड पक्राउ


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

पतन भएको क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई सोमबार बहामासमा पक्राउ गरिएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्ध अभियोग दायर गरेपछि अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको हो ।

क्रिप्टोकरेन्सी संसारलाई हल्लाएको घटना यो पछिल्लो विकाश हो । प्रहरीले साँझ ६ बजेपछि बैंकम्यान फ्राइडलाई बहामासको नासाउमा रहेको उनको अपार्टमेन्ट कम्प्लेक्समा पक्राउ गरेको थियो। उनी मंगलबार बहमानियाको अदालतमा उपस्थित हुनेछन्।

यो गिरफ्तारीले बैंकम्यान फ्राइड र एफटीएक्सको अनुसन्धानमा ठूलो कदम हो । संस्थापक फ्राइड र उनको कम्पनी नोभेम्बर देखि गहन छानबीनमा परेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीलाई कम्तिमा ३ बिलियन तिर्नुपर्नेछ भने आफ्नो कोष निकाल्न सेवाग्राहीहरु असमर्थ भएका छन् । ग्राहकको कोषबाट रकम निकालेर अरु ठाउमा हालेकोबारे छानविन भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३० वर्षीय क्रिप्टो सेलिब्रेटी बैंकम्यान फ्राइडविरुद्ध कस्तो कस्तो अभियोग लगाइनेछ भन्ने अझै स्पष्ट छैन । उनको कम्पनीमा कम्तिमा एक मिलियन निक्षेपकर्ताहरूलाई उनीहरूको कोषमा पहुँच गर्न असमर्थ भएपछि गत महिनादेखि यो विषय चर्किएको हो ।

बैंकम्यान फ्राइड विरुद्ध ठगी, जालसाजी षड्यन्त्र, धितोपत्र ठगी, धितोपत्र जालसाजी षड्यन्त्र र मनी लान्ड्रिंग लगायतका अभियोगहरू लगाइने श्रोतको भनाई छ । यदि आरोपहरू दुवै क्षेत्राधिकारमा कम्तिमा एक वर्षको जेल सजाय योग्य मानिएमा बहामाससँगको अमेरिकाको सुपुर्दगी सन्धिले अमेरिकी अभियोजनकर्ताहरूलाई प्रतिवादीहरूलाई अमेरिकी भूमिमा फिर्ता गर्न अनुमति दिन्छ ।

आफूले जानाजानी ठगी नगरेको तथा आफूले सोंचेजति आफू सक्षम नभएको उनले बताएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com