अमेरिकी वैज्ञानिकलाई बहुप्रतिक्षित आणविक फ्युजन सफलता, बिजुली उत्पादन कति टाढा?


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

time lapse photography of square containers at night

क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेशनल इग्निशन फेसिलिटीका अमेरिकी वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजन सफलता हासिल गरेका छन् । अमेरिकी ऊर्जा विभागले मंगलबार आधिकारिक रूपमा सफलताको घोषणा गर्ने अपेक्षा गरिएको छ।

प्रयोगको नतिजा जीवाश्म ईन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको असीम स्रोत खोल्न दशक लामो खोजमा ठूलो कदम हो। अन्वेषकहरूले दशकौंदेखि आणविक फ्यूजन पुन सिर्जना गर्ने प्रयास गरेका थिए । जुन सूर्यलाई शक्ति दिने फ्युजनसँग दुरुस्त रहेको छ ।

आणविक फ्युजन तब हुन्छ जब दुई वा बढी परमाणुहरू एक ठूलो एकमा समाहित हुन्छन् । यो एक प्रक्रिया जसले तापजस्तै ठूलो मात्रामा ऊर्जा उत्पन्न गर्दछ।

विश्वभरका वैज्ञानिकहरू यसलाई सफल बनाउन लागिपरेका छन् । फेब्रुअरीमा बेलायतका वैज्ञानिकहरूले आणविक फ्युजन उत्पादन र दिगो बनाउनको लागि अघिल्लो कीर्तिमानलाई दोब्बर पारेको घोषणा गरेका थिए ।

low exposure photo of yellow and gray light wallpaper

विशाल चुम्बकले भरिएको टोकमाक भनिने विशाल डोनट आकारको मेसिनमा अक्सफोर्ड नजिकै काम गर्ने वैज्ञानिकहरूले अहिलेसम्मकै धेरै दीघर्कालिन उर्जा उत्पन्न गर्न सफल भएका थिए । यद्यपि यो केवल ५ सेकेन्डमात्र टिकेको थियो ।

परमाणुहरू एकसाथ फ्यूज गर्ने प्रक्रियाद्वारा जारी ताप नै ऊर्जा उत्पादन गर्न मद्दत गर्ने कुञ्जी हो। फ्युजनको प्रक्रियाले हिलियम र न्यूट्रोनहरू सिर्जना गर्दछ, जुन मूल रूपमा बनाइएका भन्दा हलुका हुन्छन् ।

प्रतिक्रिया उत्पन्न गर्ने मेसिनले अत्यन्तै उच्चतापबाट अगाडि बढ्नुपर्छ । प्लाज्मा कम्तिमा १५० मिलियन डिग्री सेल्सियस पुग्न आवश्यक छ, जुन सूर्यको तापमान भन्दा १० गुणा बढी हो ।

फ्युजन उर्जाको ठूलो चुनौती भनेको यसलाई लामो समयसम्म कायम राख्नु हो जसले गर्दा यसले विश्वभरका विद्युतीय ग्रिडहरू र तताउने प्रणालीहरूलाई उर्जा दिनसक्छ ।

अमेरिकी सफलताको नतिजा आशाजनक भएको तर फ्युजनलाई व्यावसायिक स्तरमा बिजुली उत्पादन गर्न सक्षम बनाउन थप काम गर्नुपर्ने आवश्यकता रहेको बेलायती बैज्ञानिकहरु बताउँछन् ।

विद्युत उत्पादनका लागि चाहिने वास्तविक ऊर्जा लक्ष्यभन्दा यो नतिजा धेरै टाढा रहेको कतिपयको तर्क छ । त्यसैले यो विज्ञानको सफलता भएपनि उपयोगी ऊर्जा प्रदान गर्नका लागि लामो बाटो रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com