अरुणाचलमा भारत र चीनका सेनाबीच झडप, कैयन सेना घाइते


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सेनाका प्रवक्ताका अनुशार यो झडप डिसेम्बर ९ मा भएको थियो।

चीनको पीएलएका सेना अरुणाचल प्रदेशको तवाङ सेक्टरमा प्रवेश गरेपछि भारतले जवाफी कारबाही गरेको जनाएको छ ।

यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।

भारतीय सेनाका अनुसार दुवै देशका सैनिक तत्काल घटनास्थलबाट पछि हटेका थिए । झडपपछि शान्ति स्थापनाका लागि उक्त क्षेत्रका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएको जनाएको छ ।

लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिएका थिए भने धेरै घाइते भएका थिए ।

चीनले पनि कुनै भनाई जारी गरेको छैन। चीनले गलवान हिंसामा मारिएका आफ्ना सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको थियो ।

तवाङमा चिनियाँ सैनिकसँग झडपको खबरलाई लिएर कांग्रेसले भाजपा सरकारलाई निशाना बनाउँदै आफ्नो ढुलमुले मनोवृत्ति छोड्न आग्रह गरेको छ।ढुलमुले मनोवृत्ति छोडेर चीनलाई कडा स्वरमा जवाफ दिने बेला आएको कांग्रेसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com