आजदेखि ट्वीटरमा सरकार र कम्पनीलाई खैरो र सुनौलो टिकमार्क, ट्वीटर ब्लु ११ डलर


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

ट्विटरले मानिसहरू, कम्पनीहरू र सरकारहरूका लागि फरक फरक रंगका टिकमार्क लागु गरेको छ । कम्पनीहरूको लागि सुनौलो, सरकारी निकायका लागि खैरो र व्यक्तिहरूको लागि नीलो टिकमार्क लागु गरिएको छ ।

मिडिया लगायतका कम्पनीहरुका लागि सुनौलो टिकमार्क लागु गरिसकेको छ । सरकारी निकायका लागि खैरो टिकमार्कभने अझै लागु भइसकेको छैन ।

Photo by Khasokhas

ट्विटर ब्लू नामक सेवा पुन सुरु गरेको छ । जहाँ प्रयोगकर्ताहरूले नीलो चेकमार्कको लागि मासिक शुल्क तिर्नुपर्नेछ । साथै ट्वीटहरू सम्पादन गर्न र उच्च गुणस्तरको भिडियो अपलोड गर्न सक्नेछन्।

त्यसका लागि एप्पल प्रयोगकर्ताहरूले एप्लीकेशनबाट शुल्क तिर्दा ११ डलर र वेवसाइटबाट तिर्दा ८ डलर तिर्नुपर्नेछ । एपलको एप स्टोर मार्फत इन एप किन्दा एप्पलले ३० प्रतिशत कमिसन लिनेभन्दै उक्त रकमपनि प्रयोगकर्तालाई नै जोडिएको हो ।

ट्वीटर ब्लु किन्ने सबै प्रयोगकर्तालाई नीलो चेकमार्कहरू दिनुको सट्टा त्यहाँ एक प्रक्रिया हुनेछ । नक्कली एकाउन्टविरुद्ध विरुद्ध लड्न हाम्रो नयाँ चरणहरू मध्ये एकको रूपमा नीलो टिकमार्क लागू गर्नु अघि उक्त एकाउन्टको जाँच गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com