बेलायतमा थेरापीबाट यस अगाडि निको नहुने क्यान्सरको उपचार सफल


प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार

नयाँ प्रकारको औषधिको प्रयोगले बेलायतमा एक बालिकाको निको नहुने क्यान्सरको उपचार सम्भव भएको छ । यसअघि १३ वर्षीया एलिसाको ल्युकेमियाको हरेक उपचार असफल सावित भएको थियो ।

लण्डनको  ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालका डाक्टरहरूले जैविक इन्जिनियरिङ मार्फत बेस एडिटिङ थेरापी प्रयोग गरेर उनका लागि जीवित औषधि सिर्जना गरे।

अब छ महिना बितिसक्दा पनि एलिसामा क्यान्सर भेटिएको छैन, तर क्यान्सर दोहोरिएमा समयमै पत्ता लगाउन सकियोस् भनेर उनको निगरानी भइरहेको छ ।

लेस्टरकी १३ वर्षीया एलिसा गत वर्ष मे महिनादेखि टी सेल एक्युटलिम्फोब्लास्टिक ल्युकेमियाबाट पीडित थिइन्। शरीरमा रहेका टी सेलहरूले शरीरलाई बाह्य तत्वहरूबाट जोगाउँछन् र प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण भाग हुन्।

तर एलिसाको लागि रोग प्रतिरोधात्मक क्षमताको सट्टा यी टी कोशिकाहरूले शरीरलाई नै हानि गर्न थाले र अनियन्त्रित रूपमा बढ्दै गए। एलिसाको क्यान्सर निकै आक्रामक थियो।

केमोथेरापी र बोन म्यारो ट्रान्सप्लान्ट दुवै गरे पनि उनी क्यान्सरबाट मुक्त हुन सकिनन् । यदि यो नयाँ थेरापी प्रयोग नगरेमा डाक्टरहरुसँग एलिसाको लागि एउटै विकल्प बाँकी थियो, जुन विद्यमान उपचारबाट दुखाइ कम गर्नु थियो ।

एलिसा भन्छिन्, ‘बिस्तारै म मृत्युको मुखमा गएको भए हुन्थ्यो ।

एलिसाकी आमा कियोना भन्छिन्, -‘पछिल्लो क्रिसमसमा उनी निकै डराएकी थिइन्। उनी जनवरीमा आफ्नो १३ औं जन्मदिनमा निकै रोइन् । तर अहिलेको नतिजा अविश्वसनीय छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com