जर्सीमा भएको विस्फोटमा हराएकाहरू जीवित भेटिने आशा सकिएको उद्धार समूहको भनाइ


प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने आशा करीब क्षीण बनेको उद्धारकर्मीले बताएका छन् ।

च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको यस पहिले नै पुष्टि भएको थियो ।

प्रहरी प्रमुख रोबिन स्मिथले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीसँग तीन जनाको मृत्यु भएको खबर पुष्टि भएको छ र यो भन्नु उचित छ कि हामीले थप व्यक्तिको अवस्था पत्ता लगाउने आशा गरेका छौं । दुर्घटनामा अन्य १२ जना बेपत्ता भएका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना क्षीण बनेको छ ।”
उहाँले भन्नुभयो, “अर्को चरणमा भग्नावशेषको सूक्ष्म र परिश्रमपूर्ण खोजी गरिनेछ, जुन काम हप्तौं लाग्न सक्छ ।” विस्फोट हुनुमा ग्यास चुहावट हुनु ‘सम्भावित’ कारण रहेको उहाँले बताउनुभयो ।

दक्षिणी इङ्ल्यान्डका खोजी कुकुर र सहरी उद्धार विशेषज्ञहरूको सहयोगमा जर्सीका आपतकालीन उद्धारकर्मीले भग्नावशेषमा रातभर वेपत्ता व्यक्तिको खोजी जारी राखेका छन् ।

अधिकारीहरूले ध्वस्त भएका फ्ल्याटहरू नजिकका करिब ४० जना बासिन्दाहरूलाई शनिबार स्थानान्तरण गर्नुपरेको बताएका छन् ।

यसैबीच, जर्सीका मुख्यमन्त्री मुरले घटनामा स्थानीयको सहयोगको प्रसंशा गर्दै अझै धैर्य बन्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “घटनामा परेका सबैको उद्धारका लागि उद्धारकर्मी खटिरहेका छन् । उनीहरूले खोजी जारीराख्दासम्म धैर्य भएर पीडा सहनुको विकल्प छैन ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com