विश्वकप- २०२२ : अबका खेलमा को-को भिड्दैछन् ?


प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार

फिफा विश्वकपमा क्वाटरफाइनलका खेलहरू सकिएका छन् र ४ टोली सेमिफाइनलका लागि छनोट भएका छन् । यसपटक पनि धेरै रोमाञ्चक खेलहरु देखिएका छन् । सुपर १६ राउण्डपछि क्वाटरफाइनलमा पनि ठूलो उकालो लागेको छ । विशेषगरी इङ्ल्यान्ड र पोर्चुगल विश्वकपबाट बाहिरिएपछि फ्यानहरू चकित भएका छन् । फ्रान्स, अर्जेन्टिना, क्रोएसिया र मोरक्कोका टोली फिफा विश्वकपको सेमिफाइनलमा पुगेका छन् ।

क्वार्टरफाइनलमा कुन टोलीले जित्यो ?
ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा (४-२)
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा (४-३)
पोर्चुगललाई १–० ले हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश
इंग्ल्याण्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा (२-१)

सेमिफाइनलका खेलहरु
डिसेम्बर १४ : अर्जेन्टिना भर्सेस क्रोएसिया (नेपाली समय अनुसार मध्यरात १२:४५)
डिसेम्बर १५ : फ्रान्स भर्सेस मोरक्को (नेपाली समय अनुसार मध्यरात १२:४५)

तेस्रो स्थानको लागि खेल
डिसेम्बर १७ : राती ८:४५, खलिफा अन्तर्राष्ट्रिय रंगशाला

फाइनल खेल
डिसेम्बर १८ : राती ८:४५ बजे, लुसेल स्टेडियम

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com