केलियन एमबाप्पे विश्वकपमा २२ माइल प्रतिघण्टाको गतिमा, कसैले रोक्न सक्ला ?


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

फ्रान्सका केलियन एमबाप्पे कतारमा जारी विश्वकपमा सनसनी बनिरहेका छन् । उनले चार खेलमा पाँच गोल गरेका छन्, जुन कुनै पनि खेलाडीभन्दा बढी हो ।

२३ वर्षीय एमबाप्पेले विश्व कपमा आफ्नो अभूतपूर्व गति र रक्षात्मक रेखा पछाडि जान सक्ने क्षमताको साथ विपक्षीहरूलाई आतंकित गर्ने प्रदर्शन गरेका छन्।

फिफाका अनुसार एमबाप्पेले पोल्याण्ड विरुद्धको खेलामा ३५ दशमलव ३ किलोमिटर प्रतिघण्टा अर्थात् लगभग २२ माइल प्रतिघण्टाको टप स्पीड हानेका थिए । जुन प्रतियोगितामा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तीव्र गति हो।

उनका सहकर्मी फरवार्ड ओस्मान डेम्बेलेले सोही खेलमा ३५ किलोमिटर प्रतिघण्टा अर्थात् २१ दशमलव ७ माइल प्रतिघण्टाको गति लिएका थिए।

बुधबार फ्रान्स र मोरक्कोबीच सेमिफाइनल खेल हुनेछ । उक्त खेलमा अब मोरक्कोलाई समाधान गर्नुपर्ने समस्या खडा भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com