पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो विश्वकपमा आज पनि बेन्चमा


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको विश्वकपको क्वार्टरफाइनलमा आज शनिबार मोरक्कोसँगको खेलको लागि बेन्चमा सुरु गर्नेछन्।

पोर्चुगलले राउण्ड अफ १६ मा स्विट्जरल्याण्डलाई ६(१ ले हराएको खेलमा पनि रोनाल्डोलाई मंगलबार प्रारम्भिक लाइनअपबाट हटाइएको थियो ।

यस हप्ताको सुरुमा पोर्चुगल फुटबल महासंघले स्विट्जरल्याण्ड विरुद्ध विकल्पको रूपमा नाम दिएपछि रोनाल्डोले विश्वकप टोली छोड्ने धम्की दिएको रिपोर्टलाई अस्वीकार गरेको थियो ।

पोर्चुगिज संचारमाध्यमका अनुशार स्ट्राइकरले पहिले व्यवस्थापक फर्नान्डो सान्तोससँगको कुराकानी पछि टोली छोड्ने धम्की दिएका थिए । तर पछि एक विज्ञप्तिमा राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले कतारमा रहँदा राष्ट्रिय टोली छाड्ने धम्की कुनै पनि समयमा नदिएको स्पष्ट पारिएको थियो ।

रोनाल्डोले सामाजिक सञ्जालमा पनि आफू टोलीप्रति प्रतिबद्ध रहेको संकेत गरेका छन् ।

रोनाल्डोले शनिबार कतिबेला खेल्नेछन् भन्ने प्रशंसकहरूले नजिकबाट हेरिरहनेछन्। पोर्चुगल वा मोरक्कोको खेलका विजेताले बुधबार फ्रान्स र इंग्ल्याण्डबीचको खेलको विजेतासँग सेमिफाइनलमा सामना गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com