भोलि विदामा समेत अमेरिकी दुतावास काठमाडौंले २ सयको विद्यार्थी भिसा अन्तर्वार्ता लिने


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ११ आइतबार विद्यार्थी भिसाका २ सय भिसा अन्तरवार्ताहरु लिने भएको छ । त्यसका लागि यसैसाता अप्वाइन्टमेन्टहरु खुला गरिएको छ ।

सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिएको हो । यस अगाडि पनि जुलाईमा सुपर सन्डे कार्यक्रम अन्तरगत विदाका दिन आइतबार समेत अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका लागि अन्तरवार्ता लिएको थियो ।

अमेरिकी दूतावास काठमाडौंले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट २X२ तस्वीर र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको छ ।

नयाँ भिसाको नमुना

सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको हो ।

दूतावासले आइतबार विद्यार्थीबाहेक अन्य भिसाका लागि समेत केही अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com