विश्वकप फुटबलको समाचार सङ्कलन गर्ने क्रममा अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको कतारस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ ।

विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो ।

अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रोमञ्चक खेलको अतिरिक्त समयमा पत्रकार दिर्घामा ढलेका ग्रान्टलाई उनीसँगै बसेका पत्रकारहरूले सहयोगका लागि आह्वान गरेका थिए । आपतकालीन सेवाका कर्मचारीले तत्काल उनलाई अस्पताल पु¥याए पनि त्यसअघि नै उनको मृत्यु भएको सञ्चारर्मीलाई बताइएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० विश्वकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार ग्रान्टलाई तत्काल एम्बुलेन्समा हालेर हमाद जनरल अस्पताल लगिएको तथा त्यहाँ उनको आपत्कालीन उपचार गरिएको जनाउँदै उनको परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ । यद्यपि फिफाले उनको मृत्युको कारण सार्वजनिक गरेको छैन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

गत बुधबार उनले ट्वीट गर्दै त्यो दिन आफ्नो ४८ औँ जन्मदिन मनाएको बताएका थिए । अमेरिकी फुटबल महासङ्घले एक विज्ञप्तिमा निकालेर मानव अधिकार प्रवद्र्धनलाई अगाडि बढाउन खेलकुद क्षेत्र शक्तिशाली हुनेमा उनी विश्वस्त रहेको बताउँदै फुटबल खेलाडी र प्रेमीका निम्ति उनी प्रेरणाका स्रोत थिए भनेको छ । उनको निधनबाट महासङ्घ निराश भएको वक्तव्यमा उल्लेख छ ।

ग्रान्ट आफ्नो खेलपत्रकारिता ‘करिअर’को आठौं विश्वकपको समाचार सङ्कलनमा व्यस्त थिए । अघिल्लो सोमबार उनले आफ्नो वेबसाइटमा अस्वस्थताका कारण चिकित्सकहाँ गएको लेखेका थिए । निद्रा नपुगेको र धेरै कामले तनाव भएको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड्सबीचको खेल भएको दिन आफ्नो छातीको माथिल्लो भागमा असहज भएको बताएका थिए ।

केही दिनअघि मात्र ग्रान्टलाई फिफा र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले लगातार आठटा विश्वकप खेलको समाचार सङ्कलन एवम् सम्प्रेषण गरेकामा सम्मान गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उनको निधनबाट विश्वभरका खेलपत्रकार मर्माहत भएका र उनको योगदान संसारले सम्झइरहने बताएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ग्रान्ट वाहलको मृत्युको खबरले अमेरिकी सरकार मर्माहत भएको बताउँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रवक्ता प्राइसले ग्रान्टको परिवारको चाहना यथाशीघ्र पूरा गर्न कतारका वरिष्ठ अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएका छन् ।

पत्रकार ग्रान्टकी श्रीमती डा। सेलिन गाउन्डर न्यूयोर्क युनिभर्सिटी स्कूल अफ मेडिसिनमा अध्यापन गर्छिन । बेलेभ्यु अस्पताल केन्द्रमा चिकित्सक र सिबीएस न्युजमा पनि उनी कार्यरत छन् । उनले आफ्ना पतिको असामयिक निधनमा समवेदना एवम् सहानुभूति प्रकट गर्ने ‘फुटबल परिवार’ का साथै सबैप्रति आभार व्यक्त गर्दै आफूमाथि ठूलो बज्रपात भएको बताएकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com