एरिजोनाकी सिनेटर किर्स्टन सिनिमाले छाडिन् डेमोक्रेटिक पार्टी, सिनेटको बहुमत के हुन्छ ?


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

एरिजोनाकी सिनेटर किर्स्टन सिनिमाले अमेरिकी सिनेटमा डेमोक्र्याटहरूको संकुचित नियन्त्रणलाई जटिल बनाउँदै डेमोक्रेटिक पार्टी परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरेकी छिन् । वाशिंगटनको पक्षपातपूर्ण प्रणालीबाट स्वतन्त्र भएको र स्वतन्त्रका रूपमा औपचारिक रूपमा दर्ता गर्ने उनले बताएकी छिन् ।

सिनेटमा डेमोक्रेटिक नेता चक शूमरलाई बिहीबार सिनिमाको स्वतन्त्र हुने योजनाबारे जानकारी गराइएको थियो। शुक्रबार एक विज्ञप्तिमा शुमरले उनका कमिटी असाइनमेन्टहरू राख्न सिनिमालाई आग्रह गरेका छन् ।

किर्स्टन स्वतन्त्र रहेको उनी सधैं यस्तै नै रहेको उल्लेख गर्दै शुमरले उनी एक राम्रो र प्रभावकारी सिनेटर भएको बताए। सिनिमाले डेमोक्र्याटहरूसँग एक स्वतन्त्र सिनेटरका रूपमा ककस जारी राख्न चाहने संकेत दिएकी छिन् । जसरी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्स र मेनका सिनेटर एङ्गस किंगले गरेका छन् ।

white concrete building under clear blue sky

सिनिमाको पार्टी बदल्ने आशयबारे बिहिबार दिउसो थाहा पाएको ह्वाइट हाउसले जनाएको छ । उनले पहिले जस्तै ककस जारी राख्ने ह्वाइट हाउसको अपेक्षा रहेको छ ।

यदि सिनिमाले अझै पनि डेमोक्र्याटहरूसँग गठबन्धन गरेमा उनको पार्टी परित्यागले ५१ -४९ को सिनेटमा खासै फरक पर्नेछैन ।

पार्टीले २०२० मा सिनेटमा झिनो बहुमत कायम गरेदेखि सिनिमा र वेस्ट भर्जिनियाका सिनेटर जो मन्चिन डेमोक्र्याटहरूका लागि वाइल्ड कार्ड बनेका छन् । दुबैको नीति निर्माणमा ठूलो भूमिका रहदै आएको छ । किनकि मन्चिनले व्यापक कानून पारित गर्ने डेमोक्र्याटहरूको सपनालाई उल्लेखनीय रूपमा रोकेका थिए। कुनै पनि सिनेटर २०२४ भन्दा अगाडि पुन निर्वाचनमा जाँदै छैनन् । धेरैले मन्चिनले अब मध्यावधि बितिसकेकाले थप रूढिवादी झुकाव राख्ने अनुमान गरेका छन् ।

सिनिमाले पार्टी छाड्नुअघि नै प्रमुख डेमोक्रेटिक बिलहरुमा आफ्नो प्रभाव देखाएकी थिइन् । उनले यस वर्षको सुरुमा डेमोक्र्याटको मुद्रास्फीति न्यूनीकरण ऐनको भागको रूपमा कर्पोरेट कर वृद्धिलाई अस्वीकार गरिन् ।

जर्जियामा रनअफ चुनावमा मंगलबार सिनेटर राफेल वार्नोकको विजयले डेमोक्र्याटहरूलाई सिनेटमा थप एक भोट दिएको छ । ५१- ४९ को बहुमतले सिनिमा र मन्चिनलाई महत्त्वपूर्ण बिलहरूमा कम नियन्त्रण दिने पार्टीको आशा बढाएको छ । सिनेट पहिले ५०- ५० मा विभाजित भएको थियो, उपराष्ट्रपति कमला ह्यारिसले टाईब्रेकिंग भोट दिदै आएकी थिइन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com