सीडीसीबाट न्युयोर्क सिटी लगायतका स्थानमा मास्कको सिफारिस


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

man in gray crew neck t-shirt covering his face with white textile

बढ्दो संख्यामा कोरोना संक्रमण र अस्पतालमा भर्ना हुने दरका कारण अमेरिकामा सीडीसीले न्युयोर्क सिटी, लस एन्जलस लगायतका स्थानमा मास्क अनिवार्य गर्न सिफारिस गरेको छ । यो सँगै कैयन ठूला शहरहरू अब मास्क अनिवार्य गर्ने उपायहरूमा फिर्ता हुने सोचमा छन्।

सीडीसीका अनुशार १३ दशमलव ७ प्रतिशत अमेरिकीहरू अहिले उच्च कोभिड संक्रमण भएको समुदायहरूमा बस्छन् । गत हप्ताको तुलनामा कोभिडको उच्च जोखिमयुक्त क्षेत्रमा बस्ने जनसंख्या ४ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ । ३८ दशमलव १ प्रतिशत अमेरिकीहरू मध्यम क्षेत्रहरूमा र ४८ दशमलव २ प्रति कम जोखिमयुक्त क्षेत्रमा छन् ।

blue hand sanitizer pump bottle

क्यालिफोर्नियाको लस एन्जलस, सान बर्नान्डिनो र सान्ता क्लारा, एरिजोनाको मारिकोपा र पिमा काउन्टी, न्युयोर्क सिटीभित्रका क्वीन्स, बु्रकलिन, ब्रोंक्स र न्युयोर्कसिटी, न्युयोर्कका सफक र नासु काउन्टीहरु उक्त जोखिमयुक्त क्षेत्रमा परेका छन् ।

सूचीमा न्युयोर्क सिटी क्षेत्रको धेरै भाग समावेश छ। जसमा झण्डै ८० लाख बासिन्दाहरु रहेका छन् । राज्यका अधिकारीहरूले भर्खरै विद्यालयहरूलाई कोभिड १९ को फैलावट रोक्नको लागि इनडोर मास्किङमा फर्कन आग्रह गरेका गरिरहेको बेला सीडीसीको यो सिफारिस आएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com