अर्जेन्टिनाका लागि नेदरल्यान्ड्सको सामना अहिलेसम्मकै कठिन परीक्षा


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

लियोनल मेस्सी र अर्जेन्टिना विश्वकप खेल जित्न तीन खेल टाढा छन्, तर नेदरल्यान्ड्सको सामना गर्नु उनीहरुको प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुनेछ।

लुसेल स्टेडियममा आज शुक्रबार न्युयोर्क समय अनुशार २ बजे हुने क्वार्टरफाइनल एक आकर्षक खेल हो। किनभने कतारमा भइरहेको विश्वकपमा दुवै टोलीले बेलाबेलामा चकित पारेका छन् । अर्जेन्टिनाको साउदी अरेबियासँग अचम्मको हार र नेदरल्याण्ड्स इक्वेडरसँग बराबरी भएको थियो ।

दुवै टोली सन् २०१४ पछि पहिलो पटक अन्तिम चारमा पुग्ने आशामा छन् ।

तर धेरैको ध्यान सधैं जस्तै ३५ वर्षीय मेस्सीमा रहेको छ । जो अर्जेन्टिनाको खेलमा अहिलेसम्मको उत्कृष्ट पलहरूमा केन्द्रित छन् । साथै उनी आफ्नो क्यारियरको उत्तरार्धमा पनि छन् ।

टोलीमा पाउलोे डिबालाको जस्तो दौड गर्ने क्षमता उनीसँग छैन । तर उनी एक प्रतिभाशाली खेलाडी हुन् । वास्तवमा विश्व कपमा अर्जेन्टिनाका खेलहरूमा मेस्सीले हिडाईमा धेरैको ध्यान खिचिएको छ ।

खेलमा मेस्सी कति हिड्छन् भन्ने कुराले अर्जेन्टिनाको रक्षात्मक संगठनलाई पनि व्यक्त गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com