२०१८ मा पनि पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको थियो क्रोएसिया


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले विश्वकपमा  पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । यसपटक क्वार्टरफाइनलमा ब्राजिललाई र राउण्ड अफ १६ मा जापानलाई पेनाल्टी शुटआउटमा हराएको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो ।

सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा फ्रान्ससँग खेलेको थियो ।

TOPSHOT – Croatia players celebrate winning after penalty shoot-outs the Qatar 2022 World Cup round of 16 football match between Japan and Croatia at the Al-Janoub Stadium in Al-Wakrah, south of Doha on December 5, 2022. (Photo by Jewel SAMAD / AFP)

आज ब्राजिल र क्रोएसियाबीचको खेलमा अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो । पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो ।

यस अगाडि जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो ।

सुटआउटमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिकलाई जापानी खेलाडीले छक्याउन सकेनन । उनले जापानबाट सुरुका दुई किक जोगाएर आफ्नो टोलीलाई ठूलो फाइदा पुर्‍याए। त्यसपछि उनले जापानको चौथो प्रयासमा तीनवटा गोल हुनबाट बचाएका थिए ।क्रोएसियाले आफ्नो पहिलो चार प्रयासमध्ये तीनवटा प्रयास सफल पारेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com