पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

पेनाल्टी शुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी शुटआउटबाट सेमिफाइनलको निर्णय गरिएको हो ।

पेनाल्टी शुटआउटमा ब्राजिलले क्रोएसियाका ४ वटै प्रहार रोक्न सकेन । तर क्रोएसियाले भने ब्राजिलका २ वटा प्रहार रोक्न सफल भयो ।

अब दिउँसो २ बजे सुरु हुने अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलको विजेतासँग क्रोएसियाले सेमिफाइनलमा खेल्नेछ ।

(221209) — AL RAYYAN, Dec. 9, 2022 (Xinhua) — Starting players of Croatia line up prior to the Quarterfinal match between Croatia and Brazil of the 2022 FIFA World Cup at Education City Stadium in Al Rayyan, Qatar, Dec. 9, 2022. (Xinhua/Li Ming)

क्रोएसियाका ब्रुनो पेट्कोभिचले अतिरिक्त समयमा ब्राजिलविरुद्ध १ गोल गरेपछि ब्राजिल र क्रोएसियाबीचको खेल बराबरी भएको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि ब्राजिल र क्रोएसियाको क्वार्टरफाइनल खेलको निर्णय शुटआउटबाट गरिएको हो ।

क्रोएसियाविरुद्ध अतिरिक्त समयमा १ गोल गर्दै ब्राजिलले सुरुमा अग्रता बढाएको थियो । ब्राजिलका सुपरस्टार नेयरमारले एक गोल गरेका थिए ।

नेयमारले अब फुटबल लिजेन्ड पेलेलाई ब्राजिलको सबैभन्दा धेरै गोलकर्ताको रुपमा बराबरी गरेका छन् ।

ब्राजिलको राष्ट्रिय फुटबल टिमका लागि अब नेयमार र पेलेको गोल बराबर अर्थात् ७७ भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com