चक्रवात मान्डौसले प्रदूषण बढाएपछि श्रीलङ्काका विद्यालय बन्द


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो ।

अल जजीराका अनुसार श्रीलङ्काको राजधानी कोलम्बो र अन्य थुप्रै शहरहरूमा छिटपुट वर्षासँगै आकाश नीलो भएको छ। स्वास्थ्य अधिकारीहरूले बालबालिका र वृद्धवृद्धाहरूलाई घरभित्रै बस्न सल्लाह दिएका छन्।

श्रीलङ्काको मौसम पूर्वानुमानले अनुराधापुरा, त्रिन्कोमाली, पोलोनारुवा, पुट्टलम र महा इल्लुपल्लामा क्षेत्रमा १०० मिलिमिटर भन्दा बढी भारी वर्षा हुने पूर्वानुमान गरेको डेली मिररले जनाएको छ ।

सबरागामुवा प्रान्त र गाले, मातारा, अनुराधापुरा र त्रिन्कोमाली जिल्ला, पश्चिमी र उत्तर-पश्चिमी प्रान्तहरू र नुवारा-इलिया र कान्डी जिल्लाहरूमा व्यापक वर्षाको सम्भावना देखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com