टेक्सासको ह्युस्टनमा शुक्रबार हराएका २२ बर्षीय अमिर अली मृत फेला


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

क्याम्पिङ यात्राको क्रममा हराएका टेक्सासको ह्युस्टनका २२ बर्षीय अमिर अली मृत फेला परेका छन् । डिसेम्बर २ मा हराएका उनको शव बुधबार भेटिएपछि अन्वेषकहरूले खोज समाप्त भएको हो ।

ब्लू डाइभर सर्च एण्ड रिकभरी टोलीका गोताखोरहरूले दिउँसो २ बजे आमिर अलीको शव फेला पारेका हुन् । उनको शव पोटर्स क्रीक पार्क नजिक क्यान्यन तालमा भेटिएको हो ।

अलि शुक्रबार डिसेम्बर २ मा सो क्षेत्रमा राति ९ बजे बेपत्ता भएको खबर आएको थियो । अलीको मृत्यु कसरी भयो भन्ने तत्काल थाहा हुन सकेको छैन ।

परिवारका एक सदस्यका अनुशार अली बेपत्ता हुँदा सान एन्टोनियो नजिकैका साथीहरूसँग क्याम्पिङ यात्रामा थिए । उनी साथीहरुलाई छाडेर एक्लै हिड्न निस्केका थिए । पछि उनका केही सामानहरु भेटिएका थिए ।

उनको फोन, हेडफोन, वालेट, लुगा र टी सर्ट, प्यान्ट र अन्डरवियरहरू तालको किनारमा फेला पारिएको थियो ।

अली युनिभर्सिटी अफ ह्युस्टनमा एक पूर्व विद्यार्थी थिए । उनी पछिल्लो पटक वसन्त सन् २०२१ मा ह्युस्टन विश्वविद्यालयमा भर्ना भएका थिए ।

शनिबार कोमल काउन्टी शेरिफको कार्यालयका डेपुटीहरूले पैदल र ड्रोन प्रयोग गरी विस्तृत खोजी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com