घरमा मुसा नियन्त्रण नगरेपछि न्युयोर्कका मेयर एरिक आडम्सलाई जरिवाना


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

मुसाहरू विरुद्ध आफ्नो धर्मयुद्धका लागि परिचित न्युयोर्क सिटीका मेयर एरिक एडम्सको ब्रुकलिनमा रहेको घरमा मुसा नियन्त्रण गर्न नसकेपछि जरिवानाको सामना गर्नुपरेको छ ।

मेयरलाई मंगलबार पुनरावेदनका क्रममा सुनुवाइमा बोलाइएको थियो । स्वास्थ्य निरीक्षकले उनको ब्रुकलिनमा रहेको घरमा मुसा नियन्त्रण नगरेको फेला पारेका थिए । आडम्सले प्रारम्भिक समनलाई बेवास्ता गरेपछि ३ सय डलर जरिवाना लगाइएको थियो। उक्त जरिवानाविरुद्ध मेयरले पुनरावेदन गरेका थिए ।

आडम्सले आफू न्युयोर्क सहर र आफ्नै सम्पत्तिमा मुसाको समस्यासँग लड्न कडा मेहनत गरेको बताएका छन् । साथै उनले आफ्नो घरबाट मुसा लगायतका किराहरु हटाउन आफूले सक्दो प्रयास गरेको समेत बताएका छन् ।

आफूले घर र उक्त ब्लकमा मुसा न्यूनीकरण गर्न ६ हजार ८ सय डलर खर्च गरेको समेत आडम्सले बताएका छन् । मुसालाई कम गर्ने राम्रो काम गरेको र यसबारे छिमेकीहरूसँग कुरा गर्ने उनले बताए । मुसाहरू नियन्त्रण गर्न सम्भव भएसम्मको प्रयास गर्ने उनको भनाई छ ।

एरिक आडम्सको आफ्नै प्रशासनले शहरमा मुसाको नियन्त्रणका लागि कडा नीतिहरू लागू गरेको छ । तर आफूले गलत नगरेको भएमा आएको जरिवानाको आफूले जस्तै पुनरावेदन गर्न मेयर आडम्सले न्युयोर्कबासीहरुलाई प्रोत्साहन गरेका छन् ।

‘यदि तपाइँ विश्वास गर्नुहुन्छ कि तपाइँलाई अनुचित रूपमा जरिवाना गरिएको छ, तपार्इले पुनरावेदनका लागि आफ्नो अधिकार प्रयोग गर्नुहोस्। मेरो सन्दर्भमा मुसा नियन्त्रणका लागि पहल गरेका रसिदहरू स्पष्ट छन्,’ – मेयर आडम्सले भने ।

आडम्सले अक्टोबरमा रद्दीटोकरी संकलनको लागि नयाँ विधिर मुसाहरू विरुद्ध युद्ध घोषणा गर्दा चर्चा कमाएका थिए । गत हप्ता उनको कार्यालयले शहरमा मुसा उन्मूलनको निरीक्षण गर्न मुसा नियन्त्रकका लागि जागिर खुलाएको थियो ।

मुसाहरूले यो जागिर पोस्टिङलाई घृणा गर्ने भएतापनि ८ दशमलव ८ मिलियन न्युयोर्कवासीहरू र सिटी सरकार मुसाको जनसंख्या घटाउन, सरसफाई बढाउन र रोगबाट बच्न न्युयोर्कबासीसँग काम गर्न तयार रहेको त्यसमा उल्लेख थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com