रुसी राष्ट्रपति पुटिनले भने- युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्छौं


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् ।

“छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले सुरु गर्यो रु” पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, “आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com