साउदी अरेबियाका युवराजद्वारा राष्ट्रपति सीको स्वागत


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

भ्रमणरत चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार राजधानी रियादको शाही दरबारमा साउदी राजा सलमान बिन अब्दुलाजिज अल साउदको तर्फबाट साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले आयोजना गरेको स्वागत समारोहमा भाग लिएका छन्।

मोटरसाइकल र घोडामा सवार गार्डहरूको अनुरक्षणमा राष्ट्रपति सीको कार अल यामामाह दरबारमा आइपुग्दा साउदी युवराजले चिनियाँ राष्ट्रपतिलाई न्यानो स्वागत गरेका थिए।

सो अवसरमा शाही दरबारको सैन्य ब्यान्डले चीन र साउदी अरेबियाको राष्ट्रिय गान प्रस्तुत गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com