विश्वकपको नकआउट खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई सुरुमा किन खेल्न दिएन ?


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

क्रिस्टियानो रोनाल्डोले सन् २००६ मा म्यानचेस्टर युनाइटेडबाट २१ वर्षीय स्टारका रूपमा विश्वकपमा डेब्यु गरेदेखि नै उनी पोर्चुगल राष्ट्रिय टोलीको निर्विवाद अनुहार बनेका थिए। तर २०२२ मा आउँदा पाँच पटकको बालोन डीुओर विजेता रोनाल्डोलाई नकआउट चरणको खेलमा सुरुमा खेल्न दिइएन ।

पोर्चुगल क्वार्टरफाइनलको यात्रामा अगाडि बढ्दा मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डो बिना स्विट्जरल्याण्ड विरुद्धको राउन्ड अफ १६ खेलको सुरुवात गर्ने निर्णय गरेका थिए । रोनाल्डो खेलको अन्तिम समयतिर ७३ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । जतिबेला पोर्चुगलले ५ गोल गरिसकेको थियो ।

रोनाल्डोले यस अगाडिको दक्षिण कोरियासँगको खेलमा हारपछि देखाएको नखरायुक्त प्रतिकृयाका कारण उनलाई राउण्ड अफ १६ को सुरुमा खेल्न दिइएन । दक्षिण कोरियासँग पराजित हुँदा उनले ओठमा औँला ल्याएर चुपको इशारा गरेका थिए भने टिमको समस्या सार्वजनिक रुपमा देखाएका थिए । निस्सन्देह हरेक खेलाडी सम्भव भएसम्म मैदानमा रहन चाहन्छ। तर समूह चरणमा दक्षिण कोरियासँग खेलको हारको ६५ औं मिनेटमा रोनाल्डोले देखाएको नखराबाट प्रशिक्षक निराश भएका थिए ।

प्रशिक्षकले उक्तफुटेज हेरेको र आफूलाई त्यो मन नपरेको प्रतिकृया दिएका थिए । आन्तरिक रुपमा मिलाउनुपर्ने कुरामा रोनाल्डोबाट सार्वजनिक तरिका अपनाइएपछि प्रशिक्षकले राउण्ड अफ १६ को खेलको सुरुमा रोनाल्डोलाई नखेलाउने निर्णय गरेका थिए ।

खेल हार्दा दुखी भएपनि टोलीको नेताले व्यवस्थापकलाई कमजोर नगर्ने अपेक्षा गरिएकोमा रोनाल्डो त्यस सन्दर्भमा असफल भएका थिए ।
केहि बिन्दुमा टोलीलाई मद्दत गर्ने निर्णय लिनु पर्नेमा रोनाल्डो यो विश्वकपमा त्यसबारेमा संघर्ष गरिरहेका छन्।

यदि रोनाल्डोले राम्रो प्रदर्शन गरेको भए प्रशिक्षक सान्तोसले रोनाल्डोको खेलको समयलाई असर नगरी दक्षिण कोरियाको घटनालाई सम्हाल्न सक्थे। तर सान्तोसले यो कदम चाल्न बाध्य भए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com