बङ्गलादेशमा कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ । कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस) का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गर्नुभएको छ ।

त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उहाँले बताउनु भएको छ ।बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन् । यहाँँ ६ करोड २० लाखभन्दा बढी मानिसहरुले बुस्टर मात्रा प्राप्त गरेका छन् ।

बङ्गलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ ।बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com