कैयन बिलियन डलरको क्रिप्टो कम्पनीका संस्थापकको ३० वर्षको उमेरमा सुतेको बेला निधन


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

कैयन बिलियन डलरको क्रिप्टोकरेन्सी फर्मका सह संस्थापकको अचानक र अप्रत्याशित मृत्युले वित्त संसारलाई हल्लाइरहेको छ। टिएंटियन कुलान्डरको सुतेकै अवस्थामा मृत्यु भएको जनाइएको छ ।

कुलान्डरले पहिले मोर्गन स्टेनली र गोल्डम्यान स्याक्समा समेत काम गरेका थिए। ३० वर्षीय उनले एम्बर ग्रुपको सह स्थापना गरेका थिए भने उनको कुल सम्पत्ति ३ बिलियन डलर रहेको अनुमान गरिएको छ।

उनको कम्पनीको कथन अनुसार कुलान्डरले एम्बर समूहलाई कैयन बिलियन डलरको फाइनेटक युनिकर्नमा बदलेको उल्लेख छ । उनी विश्वको सबैभन्दा सफल ई खेल संगठनहरू मध्ये एकमा बोर्डमा समेत थिए ।

एम्बर समूहले यस वर्षको सुरुमा ३ बिलियनको मूल्याङ्कन प्राप्त गरेको थियो । एम्बर समूहले सेप्टेम्बरमा आफ्नो करिब १० प्रतिशत कार्यबललाई हटाएको थियो ।

कुलान्डर एक सम्मानित व्यक्तित्व रहेको र उद्योगका लागि अग्रगामीको रूपमा व्यापक रूपमा चिनिने एम्बर समूहले बताएको छ । उनको ज्ञानको गहिराइ, सहयोग गर्ने इच्छा र अरूलाई सधैं मद्दत गर्ने इच्छाले अनगिन्ती स्टार्ट अपहरू र व्यक्तिहरूलाई फाइदा गरेको कम्पनीको भनाई छ । उनको अन्तरदृष्टि र रचनात्मकताले धेरै परियोजनाहरू, मानिसहरू र समुदायहरूलाई प्रेरित गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com