पूर्व प्रेमीहरुले एयरट्याग प्रयोग गरेर पिछा गरेको भन्दै एप्पलविरुद्ध दुई महिलाको मुद्दा


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

white ceramic mug on white table

एप्पलविरुद्ध दुई महिलाहरूद्वारा मुद्दा दायर गरिएको छ । आफ्ना अघिल्ला प्रेमीहरुले कम्पनीको एयरट्याग उपकरणहरू उनीहरूको स्थान पत्ता लगाउन प्रयोग गरेको आरोप लगाउदै उनीहरुले मुद्दा दायर गरेका हुन् । त्यसले सम्भावित रूपमा उनीहरूको सुरक्षालाई जोखिममा पारेको उनीहरुको दावी छ ।

टेक्सासकी एक महिला र न्युयोर्ककी अर्की महिलाको तर्फबाट सोमबार सान फ्रान्सिस्कोको संघीय अदालतमा मुद्दा दायर गरिएको थियो। तिनीहरूले मौद्रिक क्षतिपूर्तिको खोजी गरिरहेका छन्।

पूर्व प्रेमीले एप्पलको सानो ट्र्याकिङ उपकरण एयरट्याग उनको कारको टायरको पाङ्ग्रामा राखेर पिछा गरेको एक महिलाको भनाई छ । क्वार्टर सिक्का भन्दा थोरै ठूलो एयरट्याग हराएको वस्तुहरू पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले एप्पलले बजारमा ल्याएको हो ।

person holding white round ornament

पूर्व पतिले उनलाई उत्पीडन गरिरहेको र उनको ठेगानाको बारेमा चुनौती दिइरहेका बेलामा बच्चाको झोलामा एयरट्याग राखेको अर्की महिलाको आरोप छ । यद्यपि उनले यसलाई असक्षम पार्ने प्रयास गरे पनि पूर्वपतिले अर्को एयरट्याग राखिदिएको उनको भनाई छ ।

सन् २०२१ मा एप्पलले २९ डलरको एयरट्याग सुरू गरेको थियो जसले प्रयोगकर्ताहरूलाई लगभग कुनै पनि कुरालाई डिजिटल फुटप्रिन्ट दिएर चाबी, वालेट, ल्यापटप वा कार जस्ता वस्तुहरू फेला पार्न मद्दत गर्दछ । तर यसको सुरुवात पछि केही विशेषज्ञहरूले एयरट्याग सहमति बिना व्यक्तिहरूलाई ट्र्याक गर्न प्रयोग गर्न सकिनेबारे चेतावनी दिएका थिए ।

एयरट्यागको दुरुपयोग गरिएको यो पहिलो पटक होइन। जुनमा इन्डियानाकी एउटी महिलाले आफ्नो प्रेमीलाई ट्र्याक गर्न र अन्ततः हत्या गर्न प्रयोग गरेको रिपोर्ट आएको थियो । उनीहरुलाई कार चोरी गर्न पनि प्रयोग गरिएको थियो ।

लगेज हराउन नदिन एप्पलको एयरट्याग उपयोगी

तपाईले यात्राका क्रममा लगेज पछाडि पर्ने वा हराउने समस्या भोग्नुभएको छ ? यदि त्यस्तो समस्या भोग्नुभएको छ भने तपाईको मनमा शान्तिका लागि तपाईले अबको यात्राका एप्पलको एयरट्याग प्रयोग गर्न सक्नुहुनेछ । यसले तपाईको लगेज कहाँ कहाँ छ भन्ने कुरा लाइभ देखाउनेछ ।

यात्रा गर्दा तपाईको लगेज हराएको वा पछाडि परेको खण्डमा तपाईको यात्रा नै खल्लो हुनसक्छ । सामान कता गएहोला भनेर तपाई चिन्तित हुन सक्नुहुनेछ । यो अवस्थामा तपाईले एयरट्यागमार्फत आफ्ना सामानहरू ट्र्याक गर्न पाउनुभएको खण्डमा तपाईको बेचैनी र चिन्ता कम हुनसक्छ ।

गत सातादेखि अमेरिकाको संघीय उड्डयन प्रशासनले आफ्नो लगेजमा यात्रुहरुले एप्पलको एयरट्याग राख्नसक्ने अनुमति दिएको छ । वास्तवमा, सुरक्षा खतरा नभएको संघीय उड्डयन प्रशासनको निष्कष्र्का रहेको छ । एयरट्यागमा शुन्य दशमलव १ ग्राम मात्र लिथियम हुन्छ, जुन तोकिएको सीमाभन्दा कम हो ।

संघीय उड्डयन प्रशासने विज्ञप्तीमा भनेको छ शुन्य दशमलव १ ग्रामभन्दा कम लिथियम भएका सामान ट्र्याक गर्ने उपकरणहरू लगेजमा राख्न सकिन्छ । एप्पलको एयरट्यागहरूले यो मापदण्ड पूरा गर्दछ । तर अन्य सामान ट्र्याकिङ उपकरणहरूले मापदण्ड पूरा नगरेको हुनसक्छन् ।

यसरी अमेरिकाको संघीय उड्डयन प्रशासनले तपाईको लगेज लगायतको सामाग्रीमा एयरट्याग राख्न अनुमति दिएको छ । एयरट्याग एप्पलको फाइन्ड माई नेटवर्कमा संचालित छ। त्यो त्यही नेटवर्क हो जसले आइफोन, आइप्याड, घडी लगायत तपाइँका सबै एप्पल डिभाइसहरु खोज्न सहयोग गर्छ ।

यो एक उपकरण हो जसले तपाईंको सामान कहाँ छ भनेर ट्र्याक गर्न सजिलो बनाउँछ र सजिलै पत्ता लगाउनको लागि टोन बजाउँछ।

एयरट्याग प्रयोग गर्न तपाईसँग आईफोन चाहिन्छ। तपाइँ यसलाई आईफोनको नजिक समातेर र यसलाई नाम दिन र तपाइँको एप्पल आईडीमा जोड्न अन स्क्रिन प्रकृयाहरु प्रयोग गरेर सेट अप गर्न सक्नुहुन्छ। गोपनीयता दृष्टिकोणबाट एप्पलले स्मार्ट ट्र्याकरहरूसँग सामान्य समस्याहरू र एयरट्याग सँग केही ठूला स्टकिङ समस्याहरूलाई सम्बोधन गर्न अपडेटहरु जारी गर्दैछ।

अहिले तपाइँको आईफोनले तपाइँको नजिकै दर्ता नभएको एयरट्याग फेला पारेमा तपाइँलाई सूचित गर्छ । यसबाट तपाईलाई कसैले फ्लो गरिरहेको छ भने पनि थाहा पाउन सक्नुहुनेछ ।

एयरपोर्टमा तपाईले लगेजको भित्री खल्तीमा एयरट्याग राखेर सामान जाँच गर्दा बिदाइ गर्नुहोस् । त्यसपछि आफ्नो फोनको फाइन्ड माइ एपमा लगेको नाम दिएपछि तपाईले आफ्नो लगेज कहाँ कहाँ पुगिरहेको छ भन्ने देख्न सक्नुहुनेछ । सामान पछाडि छुटेको खण्डमा पनि तपाईले सामानलाई तपाईलाई भेट्ने बाटोमा रहेको पत्ता लगाउन सक्नुहुनेछ ।

विमानमा फोन फ्लाइट मोडमा हुादा समेत तपाईले अधिकांश एयरलाइन्समा यात्रा गगर्दा लगेजको एयरट्यागमार्फत सामान कहाँ छ भन्ने वास्तविक समयमा अद्यावधिक गरिरहेको देख्न सक्नुहुन्छ । २९ डलरमात्र पर्ने यो एयरट्यागले तपाईलाई मनमा निकै सन्तोष दिनेछ ।

यदि तपाई टाढाको यात्रा गर्दै हुनुहुन्न तर घुमफिर गर्दा हाते ब्याग समेत विर्सने समस्या छ भने पनि एउटा एयरट्याग उक्त व्यागमा भित्रतिर लुकाएर राख्न सक्नुहुनेछ । त्यसो भएमा तपाईको ब्याग कहाँ छ भन्ने थाहा पाउन सजिलो हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com