पहिलो हाफमै स्वीट्जरल्याण्डविरुद्ध पोर्चुगलको २-० को अग्रता


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

पोर्चुगल र स्वीट्जरल्याण्डबीचको राउण्ड अफ १६ को खेलमा पहिलो हाफमै पोर्चुगलले २–० को अग्रता कायम गरेको छ ।

खेलको १७ औं मिनेटमा २१ वर्षीय रामोसले पोष्टको माथिल्लो कुनामा गोल गर्न सफल भए । ३२औं मिनेटमा पेपेले पोर्चुगलको कर्नर किकमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

यस अगाडिको खेलमा पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन ।

मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन शटहरू बचाउन सफल भए । जसले गर्दा मोरक्कोलाई क्वार्टर फाइनलमा पुग्नको लागि मौका दियो ।

मोरक्कोका अब्देलहामिद साबिरी, हाकिम जियेच र अचराफ हाकिमीले सबैले गोल गरे । र स्पेनलाई पछि पार्दै विश्वकप २०२२ को क्वार्टरफाइनलको यात्रा तय गरे ।

क्रोएसिया, ब्राजिल, नेदरल्याण्ड्स, अर्जेन्टिना, इङ्ल्यान्ड र फ्रान्स यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन्। क्वाटरफाइनल खेल शुक्रबारबाट सुरु हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com