युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो ।

सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको सम्झनामा एक क्षण मौनधारणा गरेका थिए।

जेलेन्स्कीले भिडियोमा भनेका छन्, “मेरो हृदयदेखि नै म तपाईंलाई यो महान छुट्टी, सशस्त्र सेना दिवसको अवसरमा बधाइ दिन्छु।”

युक्रेनका नेताले नौ महिनाभन्दा बढी लामो लडाई पछि थुप्रै फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेका छन् जसमा हालै युक्रेनी सेनाले कब्जा गरेको दक्षिणमा खेरसन पनि समावेश छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१४ मा रूसी समर्थित पृथकतावादीहरूले आंशिकरूपमा कब्जा गरेको स्लोभियान्स्क, बाख्मुटको लगभग ४५ किलोमिटर (२८ माइल) उत्तरमा अवस्थित छ । सो क्षेत्र खेरसनको पतनपछि युद्धको केन्द्र बनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com