लालुप्रसाद यादवको मृगौला प्रत्यारोपण सफल, छोरीले दिइन् मृगौला


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।

उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् ।

 

लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको हो । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।

गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिणी आचार्यको मिर्गौला मिलाइएको थियो ।

लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरू पनि छन्।

रोहिणी आचार्यले भनेकी छिन् -‘जसले मलाई यो संसारमा आवाज दिनुभयो, जो मेरो सबथोक हुनुहुन्छ, उहाँका लागि मैले आफ्नो जीवनको सानो अंश पनि योगदान गर्न सक्छु भने म धेरै भाग्यमानी हुनेछु। यो धर्तीमा मातापिता नै भगवान हो, उहाँको पूजा र सेवा गर्नु प्रत्येक बच्चाको कर्तव्य हो।’

लालुप्रसाद यादवका नौ सन्तान छन् भने रोहिणी आचार्य उनकी दोस्रो छोरी हुन् ।

यसैबीच लालु प्रसादका छोरा बिहार सरकारका मन्त्री तेज प्रताप यादवले बुवाको स्वास्थ्यलाभको लागि रुद्राभिषेक पनि गरेका छन् । तेज प्रताप यादवले भिडियो ट्वीट गर्दै आफ्ना पिताका लागि भावुक सन्देश लेखेका छन् ।

उनले ट्विट गरेका छन् – ‘भगवानले तपाईंलाई दुष्ट आत्माहरूबाट टाढा राखून्, तपाईं फेरि निको भएर हाँस्न सक्नुहोस् । भगवानसँग मेरो यही एक मात्र कामना छ, छिट्टै निको होस् भएर घर आउनुहोस् । छिट्टै निको होस् पापा। मिस यु !’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com