ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखबाट राजिनामा


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

ट्राफिक नियम मिच्दा प्रहरीको आईडी देखाएर छुटेकी फ्लोरिडा प्रहरी प्रमुखले राजिनामा दिएकी छिन् । निजी गाडीमा यात्रा गरिरहेको बेलामा प्रहरीले रोकपछि फ्लोरिडाको टम्पा प्रहरी प्रमुखले आफ्नो प्रहरीको आईडी देखाएपछि प्रहरीले उनलाई छाडेको थियो ।

प्रहरी प्रमुख मेरी ओकोनरले ट्राफिक नियम मिचेको बेला प्रहरीले रोक्दा आईडी देखाएर छुटेको मामलाबारे अनुसन्धान पूरा भएपछि टाम्पा मेयर जेन क्यास्टरले राजिनामा मागेका थिइन् । प्रहरी प्रमुख मेरी ओकनरको त्यसपछि दिएको राजिनामा प्राप्त भएको मेयरको कार्यालयको जनाएको छ ।

अब सहायक प्रहरी प्रमुख ली बर्काउले अन्तरिम प्रहरी प्रमुखको रुपमा काम गर्ने जनाइएको छ । गत महिना ट्राफिक स्टपबाट लिइएको बडी क्यामेरा फुटेजपछि ओकनरलाई प्रशासनिक बिदामा राखिएको थियो ।

घटनाको फुटेज अनुसार ओकनर एक गल्फ कार्टमा यात्रु थिइन् । जसलाई लाइसेन्स प्लेट ट्याग बिना सडकमा चलाएका कारण ट्राफिक नियम उल्लंघनमा प्रहरीले रोकेको थियो । गल्फ कार्ट उनका पतिले चलाएका थिए ।

प्रहरीले दम्पतीलाई किन रोकिएको हो भनेर वर्णन गरेपछि ओकनरले आफू टम्पा प्रहरी प्रमुखको रहेको भन्दै आफूलाई छाड्न आग्रह गरेकी थिइन् । साथै उनले प्रहरीको ब्याज समेत देखाएकी थिइन् । ओकनरले प्रहरीसँग माफी माग्दै आफ्नो विजनेश कार्ड दिएकी थिइन् । त्यसपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट जान दिएको थियो ।

टाम्पा पुलिस विभागको आचार संहिता रहेको तथा त्यसमा नैतिक र व्यावसायिक व्यवहारको लागि उच्च मापदण्डहरू समावेश रहेको मेयको वक्तव्यमा जनाइएको छ । ती मापदण्डहरु पुलिस बलको प्रत्येक सदस्यमा लागू हुने तथा प्रहरी प्रमुखले ती मापदण्डहरू पालना गर्ने र लागू गर्ने मात्र होइन उदाहरणका रूपमा नेतृत्व गर्नुपर्नेमा त्यस्तो नभएको मेयरले बताएकी छिन् ।

कुनै पनि सरकारी कर्मचारी र विशेष गरी सिटीका शीर्ष कानून प्रवर्तन गर्ने व्यक्तिलाई उनीहरूको पदको कारण विशेष छुट दिइनु अस्वीकार्य रहेको मेयरको वक्तव्यमा उल्लेख छ ।

ओकोनरले मार्चमा टम्पाको प्रहरी प्रमुखको रूपमा शपथ दिएकी थिइने । उनले २२ वर्षसम्म प्रहरी विभागमा सेवा गरेकी थिइन् ।

उनले रिसोर्स इन कम्युनिटी होप हाउस कार्यक्रमलाई उच्च अपराध भएको छिमेकमा सुरक्षित स्थानको रूपमा सुरु गर्न पनि मद्दत गरिन्।
उनले एफबीआईको कानून प्रवर्तन कार्यकारी विकास संघका लागि प्रशिक्षकको रूपमा पनि काम गरिसकेकी छिन्।

मेयरले सोमबार प्रहरी प्रमुखको रूपमा ओकनरको योगदानको प्रशंसा गरेकी छिन् । जसमा बन्दुक अपराध घटाउने, समुदायसँग सक्रिय रूपमा संलग्न हुने र अफिसरको कल्याणमा ध्यान केन्द्रित गर्ने लगायत समावेश छन् । तर तर यी उपलब्धिहरूका बाबजुत इमानदारीलाई प्राथमिकता दिनुपर्ने मेयरको भनाई छ ।

सोमबारको राजीनामा पत्रमा ओकोनरले लेखेकी छन् – ‘प्रहरी विभाग र समुदायबीचको सम्बन्ध सुधार्ने क्रममा मैले गरेको प्रगतिको बाटोमा मेरो व्यक्तिगत गल्ती खडा होस् भन्ने कहिल्यै चाहन्न, त्यसैले म राजीनामा गर्दैछु।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com