दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ब्राजिलले सबैभन्दा बढी क्षति गर्न सफल भयो ।

भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेटको खेलमा दक्षिण कोरियाली टिमविरुद्ध गोल गर्न सफल भए ।

खेलको ८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

त्यसको केही समयपछि १३ औं मिनेटमा ब्राजिललाई दिइएको पेनाल्टीमा ब्राजिलियन सुपरस्टार नेयमारले गोल गरे । चोटका कारण समूह चरणका अन्तिम दुई खेलबाट बाहिर रहेका नेयमारले ब्राजिललाई २-० को अग्रता दिलाएका थिए ।

नेयमारको देशका लागि यो ७६ औं गोल थियो। ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ताको रुपमा पेलेको बराबरी गर्न नेयमार अब एक गोलमात्र टाढा छन् ।

त्यसपछि २९औं मिनेटमा स्ट्राइकर रिचार्लिसनले गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा लुकास पाकेटाले चौथो गोल गरेका थिए ।

दक्षिण कोरियालीहरूले दोस्रो हाफमा राम्रो प्रदर्शन गरे ।

दक्षिण कोरियाका सन ह्युङ मिनको प्रारम्भिक शट ब्राजिलका गोलकिपर एलिसनले रोके । ५५औं मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्युले ब्राजिललाई पाँचौं गोल गर्नबाट रोके ।

७६ औं मिनेटमा दक्षिण कोरियाले एक गोल फर्कायो । प्याक सेउङ होले दक्षिण कोरियालाई एक गोल दिलाउन सफल भए ।

अब क्वाटरफाइनलमा ब्राजिलले शुक्रबार क्रोएसियाको सामना गर्नेछ। यसअघि आज राउण्ड अफ १६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी किकमा हराएको थियो ।

विश्वकप २०२२ को राउण्ड अफ १६ मा भोलि न्युयोर्क समय अनुशार विहान १० बजे मोरक्कोले स्पेनसँग खेल्नेछ। त्यसपछि दिउँसो २ बजे पोर्चुगलले स्विट्जरल्याण्डको सामना गर्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com