राउन्ड अफ १६ मा हृदयविदारक हारपछि पनि जापानका फ्यानले सफा गरे स्टेडियम


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

राउन्ड अफ १६ मा क्रोएसियासँग जापानी टोलीको हृदयविदारक हारपछि पनि जापानका फ्यानहरु स्टेडियम सफा गर्न बसेका छन् । उनीहरुले खेल सकिएपछि स्टेडियम सफा गरेका थिए ।

यस अगाडिका खेलहरुपछि पनि जापानका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गरेका थिए । विश्व कपको समुह चरणमा जापानले जर्मनी र स्पेनलाई पराजित गर्दामात्र होइन, कोस्टारिकासँग हार्दा पनि स्टेडियम सफा गर्ने परम्परालाई निरन्तरता दिए ।

कतारमा जारी विश्वकपमा जापानका फुटबल प्रशंसकहरूले मैदान भित्र र बाहिर सफा गरेका हुन् । जापानका फ्यानहरूले खेलको समयमा जम्मा भएको सबै फोहोर उठाउनको लागि फोहोरको झोलाहरू लिएर सिटहरूमा घुमेपछि उनीहरुको प्रशंशा गरिएको छ । फिफाले पनि जापानी प्रशंसकहरूलाई ठूलो सम्मान गर्दै ट्वीट गरेको थियो ।

जापानी फ्यानहरू पूरै स्टेडियम सफा गर्न लागि परेको र तिनीहरूले हरेक प्रतियोगितामा यस्तो गर्दै आएको एक प्रशंसकले बताएका छन् । जापानी फ्यानहरूले आफ्नो टोलीले जिते पनि हारेपनि आफ्नो टोलीको खेलपछि स्टेडियम सफा गर्छन् ।

ब्राजिलमा सन् २०१४ को विश्वकपमा आइभरी कोस्टसँग हार्दा पनि उनीहरुले फोहोर सफा गरेका थिए । रूसमा २०१८ को विश्वकपमा कोलम्बियालाई जित्दापनि उनीहरुले फोहोर सफा गरेका थिए ।

जापानी खेलाडीहरुले पनि लकर रुम सफा गरेर भाइरल भएका थिए । उनीहरुले आफ्नो ड्रेसिङ रुम बेदाग छाडेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com