२०१८ मा पनि पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको थियो क्रोएसिया


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

आजको खेलमा जापानलाई पेनाल्टी शुटआउटमा हराएको क्रोएसियाले विश्वकपमा  पेनाल्टी सुटआउटलाई सदुपयोग गरेको यो पहिलोपटक होइन । सन् २०१८ मा पनि राउण्ड अफ १६ मा क्रोएसियाले पेनाल्टीबाटै जितेको थियो ।

त्यस्तै सन् २०१८ को क्वार्टरफाइनलमा पनि क्रोएसियाले पेनाल्टीबाटै जितेको थियो भने सेमिफाइनलमा अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा फ्रान्ससँग खेलेको थियो ।

आजको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो ।

सुटआउटमा क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिकलाई जापानी खेलाडीले छक्याउन सकेनन । उनले जापानबाट सुरुका दुई किक जोगाएर आफ्नो टोलीलाई ठूलो फाइदा पुर्‍याए। त्यसपछि उनले जापानको चौथो प्रयासमा तीनवटा गोल हुनबाट बचाए।

क्रोएसियाले आफ्नो पहिलो चार प्रयासमध्ये तीनवटा प्रयास सफल पारेको छ । आजको दोश्रो खेल ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ। ब्राजिल र दक्षिण कोरियाबीचको विजेताले क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्नेछ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com