भैसी बेचेर ६ लाख डलर कमाएको दावी गर्ने दक्षिण अफ्रिकाका राष्ट्रपतिबाट अदालतमा चुनौती


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल सिरिल रामापोसाले सोमबार विज्ञहरूको प्यानलको प्रतिवेदनलाई अदालतमा चुनौती दिएका छन् । विज्ञहरुको प्रतिवेदनमा उनले सम्भावित घोटाला गरेको र संविधानको उल्लंघन गरेको प्रारम्भिक प्रमाण फेला पारेको उल्लेख छ ।

प्यानलको प्रतिवेदनलाई अस्वीकार गर्न पार्टीले संसदमा मतदान गर्ने बताएको केही अगाडि रामापोशाले प्रतिवेदनलाई कानूनी चुनौती दिएको घोषणा बाहिर आएको हो । संसदका सभामुख द्वारा नियुक्त प्यानलले रामापोशाको फार्ममा ठूलो रकम विदेशी मुद्रा लुकाइएको आरोपको छानबिन गरेको थियो । त्यस्तै २०२० मा चोरी हुँदा रामापोशा पैसा हराएको रिपोर्ट गर्न असफल भएको जनाइएको छ ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोशाका समर्थकहरूले डिसेम्बर ५ मा अफ्रिका राष्ट्रिय कांग्रेसको राष्ट्रिय कार्यकारी समिति बैठक सुरु हुनु अघि जोहानेसबर्गमा

रामापोसाले गल्ती अस्वीकार गरेका छन् । साथै उनीबिरुद्ध कुनै पनि अपराधको आरोप लगाइएको छैन। फार्ममा नगदको अस्तित्व र प्रहरीलाई चोरीको रिपोर्ट गर्न असफल भएको कुरा मिडियामा फार्मगेट काण्डका रुपमा चर्चित बनेको छ ।

चोरी भएको रकम ४ देखि ८ मिलियन डलर रहेको बताइएपनि राष्ट्रपति रामापोसाले उक्त रकम ६ लाख डलरजति भएको र सुडानका व्यापारीलाई २० वटा भैंसी बेचेर कमाएको दावी गर्दै आएका छन् ।

रामापोसाका वकिलहरूले संवैधानिक अदालतमा दायर गरेको अदालती कागजातहरूको प्रतिलिपिमा रामाफोसाले प्यानलको प्रतिवेदन गैरकानूनी घोषित र खारेज गर्न चाहेको देखाएको छ।

प्रतिवेदनमाथि मंगलबार राष्ट्रियसभामा छलफल हुने भएको छ । पार्टीले मंगलबार प्रतिवेदनको बिरूद्ध मतदान गर्ने अपेक्षा गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com