अमेरिकामा नाबालिग विद्यार्थी बलात्कार आरोपमा ४३ बर्षकी विद्यालय प्रशासक फन्दामा


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

अमेरिकामा जर्जियामा दुई दशकभन्दा बढी समय आफ्नो पदमा बिताएकी एक विद्यालय प्रशासकलाई केही साताअघि भएको हेलोवीन पार्टीपछि बलात्कार, बाल यौन दुर्व्यवहार र नाबालिगहरूलाई मदिरा खुवाएको अभियोग लगाइएको छ।

मुर्रे काउन्टी स्कूलका सुपरिटेन्डेन्ट स्टीव लोफ्रिजले शेरिफ जिमी डेभनपोर्टलाई एक अभिभावकबाट प्राप्त गरेको उजुरीको छानबिन गर्न सम्पर्क गरेका थिए, जुन हालैको हेलोवीन पार्टीमा नाबालिगहरूलाई रक्सी खुवाएको आरोप लगाइएको थियो।

रिपोर्ट अनुसार मुर्रे काउन्टी स्कूल जिल्लाकी ४३ वर्षीया डाक्टर रशेल लुइस टेरी नाबालिग विद्यार्थीहरूसँग हेलोवीन पार्टीमा भाग लिएकी थिइन् । त्यहाँ उनले नाबालिग विद्यार्थीलाई मादक पदार्थ आपूर्ति गरिन्। उनले पार्टीमा एकजना विद्यार्थीसँग पनि यौन सम्बन्ध राखेको जनाइएको छ ।

थ्यांक्सगिभिङको अघिल्लो दिन टेरी नाबालिगका लागि मदिरा किनेको पाँचवटा मुद्दा र नाबालकको अपराधमा योगदान गरेको पाँचवटा मुद्दामा मुर्रे काउन्टी जेलमा परेकी हुन् । उनीमाथि बाल यौन दुव्र्यवहार र बलात्कारको आरोप पनि लगाइएको छ ।

जर्जियामा सहमतिमा यौन सम्पर्क गर्न पाइने उमेर १६ हो । त्यस्तै स्कूल स्टाफ सदस्य र विद्यार्थी बीचको कुनै पनि यौन सम्बन्ध सामान्यतया अवैध रहेको छ। बालकहरूको उमेर र टेरीसँगको सम्बन्ध अज्ञात छ।

विवाहित छन् टेरी २२ बर्षदेखि यो पदमा थिइन् भने बार्षिक १ लाख १० हजार कमाउदै आएकी छिन् । टेरीलाई अहिले भुक्तानी गरिने प्रशासनिक बिदामा राखिएको छ, थप अनुसन्धान बाँकी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com