लालुप्रसाद यादवको आज सिंगापुरमा शल्यक्रिया, छोरी रोहिणी आचार्यले मिर्गौला दिने


प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार

भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवको सोमबार मिर्गौला प्रत्यारोपणको शल्यक्रिया हुने भएको छ । उनकी छोरी रोहिणी आचार्यले अस्पतालबाट एउटा तस्विर शेयर गर्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेकी छिन् ।

लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिने भएको छ । लालु यादवकी छोरी रोहिणी आचार्यले बुवालाई मिर्गौला दान गरेकी छन् ।

गत महिना रोहिणी आचार्य र लालुप्रसाद यादवको मिर्गौला मिलाइएको थियो ।

लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरू पनि छन्।

गत साउनमा लालुप्रसाद यादव पटनास्थित आफ्नै घरमा खसेका थिए, जसका कारण उनी नराम्ररी घाइते भएका थिए ।

रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।

रोहिणी आचार्यले भनेकी छिन् -‘जसले मलाई यो संसारमा आवाज दिनुभयो, जो मेरो सबथोक हुनुहुन्छ, उहाँका लागि मैले आफ्नो जीवनको सानो अंश पनि योगदान गर्न सक्छु भने म धेरै भाग्यमानी हुनेछु। यो धर्तीमा मातापिता नै भगवान हो, उहाँको पूजा र सेवा गर्नु प्रत्येक बच्चाको कर्तव्य हो।’

लालुप्रसाद यादवका नौ सन्तान छन् भने रोहिणी आचार्य उनकी दोस्रो छोरी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com