सकारात्मक सन्देश दिने टिकटक स्टार २१ बर्षकी मेघाको न्युयोर्कको भिडियो पोष्टपछि निधन


प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार

टिकटक स्टार मेघा ठाकुरको २१ वर्षको उमेरमा निधन भएको छ। करिब १० लाख फलोअर्स भएकी क्यानडाकी मेघा ठाकुरको अचानक र अप्रत्याशित रूपमा निधन भएको उनको इन्स्टाग्राममा उनको आमाबुवाले गरेको पोस्टमा उल्लेख छ।

ठाकुरले टिकटकमा न्युयोर्क शहरको सडकमा ब्याकलेस मिनी ड्रेसमा हिंडिरहेको भिडियो पोष्ट गरेको केहीदिनपछि उनको निधनको खबर आएको हो । उनले पोष्ट गरेको भिडियोको क्याप्सनमा हरेक व्यक्ति आफ्नो भाग्यको जिम्मामा रहेको र त्यो कुरा याद गर्नुपर्ने उल्लेख थियो ।

उनको मृत्युको कारण खुलेको छैन । उनका आमाबुवाले आफ्नो पोस्टमा दयालु, हेरचाह गर्ने सुन्दर छोरी मेघा ठाकुरको अचानक र अप्रत्याशित रूपमा निधन भएको घोषणा उल्लेख गरेका छन् । मेघा एक आत्मविश्वासी र स्वतन्त्र युवती रहेको पोष्टमा लेखिएको छ ।

मेघाले तीन वर्षदेखि टिकटकमा पोस्ट गरिरहेकी थिइन् । उनका धेरै भिडियोहरूले शरीरको सकारात्मकता र आत्म विश्वासलाई प्रोत्साहित गर्ने खालका थिए । उनी वेस्टर्न युनिभर्सिटीमा कम्प्युटर विज्ञान पढेकी थिइन् ।

सन् २००१ जुलाई १७ मा मध्य प्रदेशको इन्दोरमा जन्मिएकी मेघा ठाकुर विभिन्न सामाजिक सञ्जालमा सक्रिय थिइन् । उनी टिकटकमा सबैभन्दा लोकप्रिय थिइन्, जहाँ उनी २०१९ मा सामेल भएकी थिइन्।

मोडलका रूपमा मेघा ठाकुरले २०१९ मा फेसन शोमा र्‍याम्प वाक गरेकी थिइन् र २०२० मा ६ महिनासम्म एलिट मोडल म्यानेजमेन्टमा आबद्ध भइन्।

ठाकुरले शारीरिक सकारात्मकता, नृत्य, र कमेडी बारे सामग्री सिर्जना गर्थिन् । उनले प्रायः आफ्ना अनुयायीहरू, प्रशंसकहरू र घृणा गर्नेहरूका टिप्पणीहरूको जवाफ दिन इन्स्टाग्राममा भिडियोहरू पोस्ट गर्थिन् ।

उनको मंगलबार दाहसंस्कार गरिएको छ । मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com