नर्थ क्यारोलिनामा सबस्टेशनहरु तोडफोडका कारण ४० हजार घरमा विद्युत आपूर्तिमा अवरोध


प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार

gray transmission tower

नर्थ क्यारोलिनाको मूर काउन्टीमा लगभग ४० हजार ग्राहकहरूलाई असर गर्ने व्यापक विद्युत आपूर्तिमा अवरोधलाई आपराधिक घटनाको रूपमा अनुसन्धान भइरहेको छ । टोलीले धेरै स्थानहरूमा सम्भावित तोडफोडको संकेत पाएपछि आपराधिक घटनाको रूपमा अनुसन्धान गरिएको हो ।

काउन्टीभरका धेरै समुदायहरूले साँझ ७ बजे पछि बिजुली आपूर्तिमा अवरोध अनुभव गर्न थालेका थिए । विद्युत वितरक कम्पनीहरूले विभिन्न सबस्टेशनहरूमा छानविन गर्दा धेरै साइटहरूमा जानाजानी तोडफोड भएको प्रमाणहरू भेटिएका छन् ।

गभर्नर रोय कूपरले राज्यका निकाय पनि अनुसन्धानमा सामेल हुने बताएक छन् । आफूले ड्यूक एनर्जी र राज्यका कानून प्रवर्तन अधिकारीहरूसँग मूर काउन्टीमा विद्युत कटौतीको बारेमा कुरा गरेको बताएका छन् ।

उनीहरूले अनुसन्धान गरिरहेका र प्रभावितहरूलाई बिजुली आपूर्ति गर्न काम गरिरहेको कुपरले बताए । राज्यले आवश्यकता अनुसार सहयोग प्रदान गरिरहेको उनको भनाई छ ।

ड्यूक इनर्जी आउटेज नक्सा अनुसार आइतबार बिहान काउन्टीभरि ३८ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए। मुर काउन्टी र छिमेकी होक काउन्टीमा करिब ४१ हजार ग्राहकले बिजुली गुमाएका थिए।

धेरै उपकरणहरुले काम नगरेको देखिएको छ भने मूर काउन्टीमा सबस्टेशनहरूलाई असर गरिरहेको छ । सम्बन्धित सम्भावित तोडफोडका संकेतहरू पनि अनुसन्धान गरिरहेको ड्युक इनर्जीले जनाएको छ ।

अधिकारीहरू सुरक्षा प्रदान गर्न विभिन्न साइटहरूमा गएका छन् । मूर काउन्टी मध्य नर्थ क्यारोलिनामा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com