न्युयोर्क विश्वको सबैभन्दा महँगो सहरमा सुचिकृत


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

buildings near body of water landscape photography

विश्वको सबैभन्दा महँगो सहरमा न्युयोर्क पहिलो नम्बरमा आएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षणमा पहिलोमा न्युयोर्क र दोश्रोमा सिंगापुर रहेका छन् ।

सर्वेक्षण अनुसार विश्वका ठूला सहरहरूको जीवन यापन खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ।

न्युयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महँगीलाई एउटा कारण मानिएको छ। अमेरिकामा महँगी ४० वर्षयताकै उच्च तहमा पुगेको छ ।

lighted buildings during daytime

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विश्वका महँगा सहरमा लस एन्जलस र सान फ्रान्सिस्को समेत शीर्ष १० मा परेका छन् । बलियो बनिरहेको अमेरिकी डलरका कारण समेत अमेरिकी सहरहरु महँगा सहरमा अगाडि देखिएका छन् ।

सर्वेक्षणले १७३ सहरमा वस्तु र सेवामा हुने खर्चलाई अमेरिकी डलरमा तुलना गरेको हो । सर्वेक्षणमा २ सय भन्दा धेरै वस्तु तथा सेवाका ४ सय भन्दा धेरै मूल्यलाई विश्वभरका १७२ सहरसँग तुलना गरिएको हो ।

विश्वका महँगा सहरमा न्युयोर्क, सिङ्गापुर, तेल अभिभ, हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन क्रमश रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com