पहिलो हाफ अगाडि नै अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको २-० को अग्रता


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

विश्वकप २०२२ मा नकआउट चरणको पहिलो खेलमा अमेरिकाविरुद्ध नेदरल्याण्ड्सले पहिलो हाफ अगाडि नै  २-० को अग्रता कायम गरेको छ । खेलको दशौं मिनेटमा नेदरल्याण्ड्सका मेम्फिस डिपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि टोलीहरू लकर कोठामा जानु अघि थप एक गोल गरेको छ । पहिलो हाफको इन्जुरी समयमा भएको गोलले नेदरल्याण्ड्सलाई उत्साहित बनाएको छ । नेदरल्याण्ड्सका डेली ब्लाइन्डले दोश्रो गोल गरेका हुन् ।

आजदेखि नकआउट चरणका खेलहरु सुरु भएकोमा पहिलो खेल आज न्युयोर्क समय अनुशार विहान १० बजे अमेरिका र नेदरल्याण्डसबीच सुरु भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेदरल्याण्ड्स विरुद्धको विश्वकप खेल अघि अमेरिकी टोलीलाई समर्थन गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

भिडियोमा अमेरिकी टोलीका कप्तान टायलर एडम्सले फुटबल बललाई लात हानेर ‘हे मिस्टर प्रेसिडेन्ट, हेड्स अप’ भन्दै गरेको देखाइएको छ।

भिडियोमा फुटबल रोज गार्डनमा अवतरण गरेको र बाइडेनले यसलाई समातेको देखाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com