हेडसेट नकिन्दिएको भन्दै अमेरिकामा १० वर्षीय बालकबाट आमाको गोली हानी हत्या


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

white and black beats by dr dre headphones

एक १० वर्षीय बालकलाई आफ्नी आमालाई गोली हानेर हत्या गरेको आरोपमा वयस्कको रूपमा अभियोग लगाइएको प्रहरीले जानकारी दिएको छ । हेडसेट नकिन्दिएको भन्दै अमेरिकाको विसकन्सिन मिलाउकीमा उक्त बालकले आमाको हत्या गरेको र आमाको अमेजन एकाउन्टमा गएर हेडसेट अर्डर गरेको अधिकारीहरूले बताएका छन् ।

बालकलाई पहिलो डिग्री लापरवाह हत्याको आरोप लगाइएको छ र मिलवाउकीको बाल हिरासत केन्द्रमा राखिएको छ । उमेरका कारण बालकको नाम सार्वजनिक गरिएको छैन । बालकले घरको बेसमेन्टमा आमाको टाउकोमा गोली हानेको जनाइएको छ ।

बालकले सुरुमा अनुसन्धानकर्ताहरुलाई आफू आमाको बन्दुकसँग खेलिरहेका बेला दुर्घटनावश गोली चलेको बताएको प्रहरीको भनाई छ । तर अर्को दिन आफैले हत्या गरेको स्वीकार गरेको जनाइएको छ । हजुरआमा रोइरहेको देखेपछि बालकले आफ्नाी आमालाई मारेकोमा माफी मागेको जनाइएको छ ।

बालकले आफ्नी आमाको हत्याको लागि माफी मागेपछि अमेजनबाट भीआर हेडसेटको प्याकेज आए नआएको सोधेको समाचारहरुमा उल्लेख छ । बच्चाको फर्निचरमा आगो लगाउने र परिवारको कुकुरलाई पुच्छर समातेर झुण्डाउने लगायत हिंसात्मक व्यवहारको इतिहास रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइन रेकर्ड अनुसार बच्चाको अर्को अदालतको सुनुवाइ बुधबारको लागि तय गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com