रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्न युरोप सहमत


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

person holding black corded device

धेरैजसो आयातमा प्रतिबन्ध लागु हुनुभन्दा केही दिनअघि नै रुसी तेलको मूल्य निर्धारण गर्ने विषयमा युरोपेली संघले सहमति गरेको छ। यसलाई विश्व अर्थतन्त्रमा दबाब नदिई राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिने पश्चिमाहरूको प्रयासमा प्रमुख कोसेढुङ्गाका रुपमा हेरिएको छ ।

पोल्याण्डको स्वीकृति आवश्यक भएको सम्झौताको समाचार युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले ट्विटरमा पुष्टि गरेकी हुन् । युरोपेली संघ, जी सेभेन र अन्य वैश्विक साझेदारहरू रूसबाट समुद्री तेलको विश्वव्यापी मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्न सहमत भएको भोन डेर लेयनको भनाई छ ।

यसले रूसमाथिको प्रतिबन्धलाई बलियो बनाउने, मस्कोको राजस्व घटाउने र ऊर्जा बजारलाई स्थिर बनाउने उनको भनाई छ। यो सहमतिले इयुमा आधारित अपरेटरहरूलाई सस्तोमा तेस्रो पक्षका देशहरूमा तेल ढुवानी गर्न अनुमति दिनेछ ।

युरोपियन युनियनका २७ सदस्य राष्ट्रहरू प्रति ब्यारेल ६० डलरको सिमितता लगाउनेबारे शुक्रबार सहमत भएका हुन् । पश्चिमका सबैभन्दा ठूला अर्थतन्त्रहरूले यस वर्षको सुरुमा संयुक्त राज्यले लबिङ गरेपछि मूल्य क्याप स्थापना गर्न सहमत भएका थिए । तर कति डलरसम्मको क्पाप लगाउने भन्नेबारे नम्बर सेट गर्न गाह्रो भएको थियो।

रुसी तेलको मूल्य ६५ डलरदेखि ७० डलरसम्म प्रति ब्यारेलको बीचमा राख्ने पहिले छलफलमा रहेको दायराले रुसलाई धेरै पीडा दिने थिएन। रूसले पहिले नै त्यो दायरा भित्र वा नजिक रहेर व्यापार गर्दै आएको छ। तर पोल्याण्ड र इस्टोनिया जस्ता ईयू देशहरूले क्याप कम गर्न दबाब दिएपछि कायम गरिएको ६० डलरले रुसको अर्थतन्त्रमा असर पर्नेछ ।

कम मूल्य तय गर्दा रूसले यसको उत्पादन घटाएर बदला लिन सक्ने आशंका समेत गरिएको छ । रुसले यसअघि क्याप पालना गर्ने देशहरूलाई आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको थियो।

मूल्य क्याप रूसी तेलको लागि ढुवानी, बीमा र अन्य सेवाहरू प्रदान गर्ने कम्पनीहरूले लागू गर्न डिजाइन गरिएको हो। यदि कुनै क्रेताले क्याप भन्दा बढी तिर्न सहमत भएमा तिनीहरूले ती सेवाहरू रोक्नेछन्। यी अधिकांश फर्महरू युरोप वा युनाइटेड किंगडममा आधारित छन्।

युरोपेली संघले सोमबारदेखि लागू हुने गरी समुद्री मार्गबाट ​​यात्रा गर्ने रूसी तेलमा प्रतिबन्ध लगाएको छ। चीनको कोरोनाभाइरस लकडाउन र विश्वव्यापी मन्दीको डरले माग घटेको हुँदा तेलको मूल्य समरदेखि तीव्र रूपमा घटेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com