वासिंटन डीसीमा मेट्रोबस निशुल्क बनाइदै


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

वासिंटन डिसी काउन्सिलद्वारा पेश गरिएको नयाँ बिल अन्तर्गत आगामी समरदेखि वासिंटन डिसीमा मेट्रोबस सवारी निशुल्क हुनेछ। यो बिलले बसहरू छिटो र अधिक प्रभावकारी बनाउने तथा कम आय भएका यात्रुहरूका लागि ट्रान्जिट प्रणालीलाई थप न्यायोचित बनाउने
काउन्सिल सदस्यहरूको भनाई छ ।

सिटीका बजेट निर्देशकका अनुसार तीन मध्ये एक डिसी निवासी सार्वजनिक ट्रान्जिट मार्फत यात्रा गर्छन् भने ६८ प्रतिशत बसका यात्रुहरुको आम्दानी बार्षिक ५० हजार डलरभन्दा भन्दा कम छ।

नयाँ बिलले डिस्ट्रिक्टमा सुरु हुने सबै मेट्रोबस सवारीहरूलाई निःशुल्क बनाउनेछ । साथै डिसीका प्रमुख बस लाइनहरूमा रातभर सेवा थप्नेछ । १ सय डलरको सब्सिडी पछि मेट्रोरेलमा मात्र लागु गर्ने सिटीका नेताहरुको अपेक्षा रहेको छ ।

white and gray bus traveling on road during daytime
न्युयोर्क मेट्रोबस

बिलले बस लेन र शेल्टरहरूको लागि १० मिलियन डलरको सुधार कोष पनि सिर्जना गर्नेछ।

अमेरिकामा कन्सासले सन् २०२३ सम्म निशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । त्यस्तै अलेक्जान्ड्रियाले गत वर्षदेखि निशुल्क बस सेवा सुचारु गरेको थियो । तर वासिंटन डीसीको बिलले निशुल्क बस सेवालाई स्थायी बनाउनेछ।

बिलमा पहिलो मतदान डिसेम्बर ६ मा हुनेछ र अन्तिम मतदान डिसेम्बर २० मा हुने अपेक्षा गरिएको छ । मेन्डेलसनको समर्थन र धेरै काउन्सिल सदस्यहरूले अनुमोदनको आवाज उठाएका कारण बिल पारित हुने सम्भावना छ।

निशुल्क बस सेवाले डिस्ट्रिक्टमा वार्षिक ४२ मिलियन डलर खर्च हुनेछ । मासिक सब्सिडी प्रस्तावले करिब १५० मिलियन खर्च हुने अपेक्षा गरिएको थियो । मासिक सब्सिडीको साटो निशुल्क बस सेवा संचालनको बिल ल्याइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com