यी हुन् अमेरिकामा डिसेम्बर २०२२ मा मुद्रास्फीति राहत चेक पठाउने राज्यहरु


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

fan of 100 U.S. dollar banknotes

यस वर्ष अमेरिकामा धेरै राज्यहरूले मुद्रास्फीति राहत चेकहरू जारी गरेका छन् । बासिन्दाहरूलाई बढेको मुद्रास्फीति र बढ्दो मूल्यहरूको सामना गर्न मद्दत गर्न राहत चेक जारी गरिएको हो । प्रत्येक राज्यको योग्यताका आवश्यकताहरू, रकम, र भुक्तानीको मिति फरक फरक रहेको छ ।

यद्यपि धेरै राज्यहरुले राहत चेकहरु वर्षको सुरुदेखि नै पठाइरहेका छन् । जस अनुशार २०२२ को अन्त्य हुनु अघि तपाईंले आफ्नो मुद्रास्फीति राहत चेक प्राप्त गर्न सक्नुहुनेछ ।

क्यालिफोर्नियामा राहत चेकहरु अक्टोबरको सुरुदेखि विभिनन चरणमा पठाउने काम भइरहेको छ । ए देखि ईसम्म थ हुनेहरुले भुक्तानीको दोस्रो चरणको राहत चेक डेबिट कार्डको रूपमा प्राप्त गरेका थिए । एफ देखि एम सम्म थर हुनेहरुले डिसेम्बर १० सम्म राहत चेक पाउनेछन् । बाँकीले जनवरी १५ सम्म पाउनेछन् ।

त्यस्तै ३१ डिसेम्बर २०२१ सम्म कम्तिमा १८ वर्ष पुगेका, २०२१ सम्म कोलोराडोमा बसोबास गरेका र २०२१ कोलोराडोमा कर रिटर्न फाइल गरेका बासिन्दाहरूलाई एकललाई ७५० डलर र विवाहित जोडीहरूका लागि १५ सय डलरको मुद्रास्फीति राहत चेक पठाइएको छ ।

धेरैजसो चेकहरू सेप्टेम्बर ३० सम्म प्राप्त भए तापनि यदि तपाईंले आफ्नो २०२१ को कर रिटर्नमा अक्टोबर १७ सम्म दायर गर्नुभएको थियो भने तपाईंले जनवरी ३१, २०२३ सम्ममा कुनै समय भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।

20 us dollar bill unsplash

आइरदायोले २०२० र २०२१ का लागि कर फाइल गर्ने पूर्णकालिक बासिन्दाहरूलाई आयकर छुटमा ५ सय मिलियनको घोषणा गर्‍यो। व्यक्तिगत फाइलकर्ताहरूले ३ सय डलर प्राप्त गर्नेछन्, र संयुक्त फाइलकर्ताहरूले ६ सय डलर पाउनेछन् । २०२२ मा यदि आम्दानीको १० प्रतिशतको आयकर तिरको भएमा उक्त रकम पाइनेछ ।

बासिन्दाहरूले योग्य हुनको लागि डिसेम्बर ३१, २०२२ सम्ममा २०२० र २०२१ का व्यक्तिगत आयकर रिटर्न फाइल गर्नुपर्नेछ। सेप्टेम्बरको अन्त्यमा भुक्तानीहरू पठाउन थालिएको थियो । पहिले प्रत्यक्ष बैंक डिपोजिटमार्फत र केही समय पछि हुलाककबाट चेकहरू पठाइयो। भुक्तानीहरू २०२२ भर र २०२३ को प्रारम्भमा पठाइनेछ । त्यसैले यदि तपाईंले यो प्राप्त गर्नुभएको छैन भने तपाईंको यो डिसेम्बरमा आइपुग्छ।

यदि तपाईं २०२१ मा इलिनोय निवासी हुनुहुन्थ्यो भने, तपाईंले ५० डलर छुट प्राप्त गर्नुहुनेछ। संयुक्त रूपमा ट्याक्स फाइल गर्ने जोडीहरूले १ सय डलर प्राप्त गर्नेछन्। यदि संयुक्त रूपमा दायर गर्दा तपाईंको आम्दानी एकलको २ लाख र जोडीको ४ लाखभन्दा कम थियो भने यो करम पाउनुहुनेछ । आश्रितहरूले पनि प्रत्येकले १ सय डलर प्राप्त गर्नेछन् । अधिकतम ३ जनाले ३ सय डलरसम्म पाउनसक्छन् ।

यदि तपाइँको इलिनोयमा आफ्नो घर छ भने एकलले २ लाख ५० हजार र दम्पत्तिले ५ लाख डलरभन्दा कम कमाउनुहुन्छ भने तपाइँ ३ सय डलर सम्मको अर्को छूटको लागि पनि योग्य हुनुहुनेछ । चेकहरू सेप्टेम्बर १२ मा पठाउन थालिएको हो । कतिपयले डिसेम्बरमा पाउनेछन् ।

म्यासाचुसेट्सले तपाईको २०२१ म्यासाचुसेट्स आयकर दायित्वको १४ प्रतिशत बराबर फिर्ता पठाउँदैछ। २०२१ मा व्यक्तिगत आयकर तिर्ने बासिन्दाहरू भुक्तानीको लागि योग्य छन्। भुक्तानी नोभेम्बर १ मा सुरु भयो र मध्य डिसेम्बर सम्म जारी रहनेछ।

न्यू मेक्सिकोले एकल करदाताहरूलाई ५ सय डलर र संयुक्त रूपमा फाइल गर्ने दम्पतीहरूलाई १ हजार डलरको कर छुट जारी गरेको छ । यी चेकहरू दुई भुक्तानीमा विभाजित थिए। पहिलो भुक्तानी मे र जुनमा र दोस्रो अगस्टमा वितरण गरिएको थियो।

यद्यपि, यदि तपाईंले अझै भुक्तानी प्राप्त गर्नुभएको छैन भने, तपाईंले आफ्नो २०२१ को राज्य कर रिटर्न फाइल गरेपछि अझै पनि सक्नुहुन्छ। त्यसो गर्न तपाईंसँग मे २३, २०२३ सम्मको अवधि छ। पहिले नै फाइल गरिसकेकाहरूका लागि तपाइँको फाइलिङको मितिमा निर्भर गर्दै यस महिना तपाइँको बाटोमा चेक आउन सक्छ।

focus photography of person counting dollar banknotes

पेन्सिलभेनियाको सम्पत्ति कर भाडा वा छूट कार्यक्रमले ६५ वर्ष वा सोभन्दा माथिका घरधनीहरू, कम्तीमा ५० वर्षका विधवा र विधुरहरू र १८ वर्ष वा सोभन्दा माथिका अपाङ्गता भएका व्यक्तिहरूलाई ६५० डलरसम्म उपलब्ध गराउँछ। व्यक्तिहरूले डिसेम्बर ३१? २०२२ सम्ममा पेन्सल्भेनियाको सम्पत्ति कर भाडा वा छूट कार्यक्रमको लागि दर्ता गर्न आवश्यक हुनेछ। तपाईंले आवेदन छिटो दिनुभएमा डिसेम्बरमा चेक प्राप्त गर्न सक्नुहुन्छ।

रोड आइल्याण्डले बाल कर छुट जारी गरेको छ जुन प्रति बच्चा २५० डलर छभने ३ जनासम्म बच्चाले पाउँछन् । योग्य हुनको लागि विवाहित फाइलरहरूको २ लाख भन्दा कम र एकलको १ लाखभन्दा कम बार्षिक आमदानी हुनुपर्छ । आफ्नो २०२१ को रोड आइल्याण्ड कर रिटर्न अक्टोबर १७, २०२२ सम्म फाइल गर्ने बासिन्दाहरूले डिसेम्बर २०२२ मा भुक्तानीहरू प्राप्त गर्न सुरु गर्नेछन्।

साउथ क्यारोलिना राजस्व विभागले अक्टोबर १७, २०२२ सम्ममा २०२१ को आयकर रिटर्न फाइल गर्नेहरूका लागि राहत प्रदान गर्दैछ। योग्य बासिन्दाहरूले प्राप्त गरेको रकम तिनीहरूको व्यक्तिगत आयकर दायित्व द्वारा निर्धारण गरिनेछ । बढीमा ७ सय डलरसमम पाउनेछन् । रकम डिसेम्बरभरमा प्राप्त हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com