अमेरिकामा पेट्रोलको मूल्य रूसले युक्रेनमा आक्रमण गर्नुअघि भन्दा पनि सस्तो


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

अमेरिकामा पेट्रोलको औसत मूल्य यस वर्षको सुरुमा रुसले युक्रेनमा आक्रमण गर्नुअघिको मूल्यभन्दा पनि तल झरेको छ। फेब्रुअरी पछि पहिलो पटक पेट्रोलको मूल्य प्रति ग्यालन ३ डलर ५० सेन्टस भन्दा कम भएको हो ।

नियमित ग्यासको मूल्य अमेरिकामा प्रति ग्यालेन औषतमा ३ डलर ४७ सेन्टसमा झरेको छ । गत फेब्रुअरी २४ मा अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालेन औसत ३ डलर ५४ सेन्टस रहेको थियो । जतिबेला रुसको आक्रमण सुरु भएको थिएन ।

 

त्यसको भोलिपल्टदेखि युक्रेनमाथि रुसको आक्रमण भएपछि पेट्रोलको मूल्य आकासिन सुरु गरेको थियो । गत जुनमा पेट्रोलको मूल्य प्रति ग्यालेन औषतमा ५ डलर पुगेको थियो । त्यो महिना चरम सीमामा पुगेपछि पेट्रोलको मूल्य मासिक रूपमा घटेको हो ।

टेक्सासमा औषत मूल्य प्रति ग्यालेन २ डलर ८३ सेन्टसमा झरेको छ भने जर्जियामा ३ डलरमा झरेको छ । मिसिसिपी, अर्कान्सास र ओक्लाहोमामा पनि ३ डलरभन्दा कम भएको छ ।

सस्तो ग्यास मूल्यहरू ट्र्याक गर्ने ग्यासबड्डीका अनुसार क्रिसमससम्ममा पेट्रोलको मूल्य प्रति ग्यालेन ३ डलरभन्दा तल झर्ने सम्भावना छ। यस्तो गिरावट मोटर चालकहरूको लागि ठूलो उपहार हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com