टर्ने भयो अमेरिकामा दैनिक २ बिलयनको क्षति हुने रेल हडताल, दुबै सदनबाट बिल पारित


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

सिनेटले बिहीबार ठूलो आर्थिक अवरोध खडा गर्नसक्ने राष्ट्रिय रेल हड्ताललाई रोक्नको लागि कानून पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित बिल सिनेटबाट पनि पारित भएपछि अब अमेरिकामा दैनिक २ बिलियन डलरको क्षति हुनेगरी हुन लागेको रेल हडताड टर्ने देखिएको छ ।

यो बिलले कम्पनीहरू र कामदारहरूलाई प्रस्तावित सम्झौतामा बाँध्नेछ । प्रतिनिधिसभाबाट यो बिल २९० भोटका साथ बिल पारित भएको थियो । अब यो बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् ।

रेल हडताल भएमा अमेरिकामा पिउने पानी सफा गर्ने रसायन जस्ता महत्वपूर्ण सामग्रीको आवागमन रोकिन थाल्ने भन्दै राष्ट्रपति जो बाइडेनले संसदलाई तत्काल कदम चाल्न आव्हान गरेका थिए ।

white concrete building under clear blue sky

बिलले बाइडेन प्रशासनद्वारा मध्यस्थता गरिएको श्रम सम्झौता लागू गर्नेछ । जसमा रेल कामदारका लागि भुक्तानी सहितको बिरामी विदा बर्षमा ७ दिन बढाउने लगायत समावेश छ । युनियनहरूले डिसेम्बर ९ सम्मको समयसीमा अगाडि सहमति हुन नसके आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

यूएस चेम्बर अफ कमर्स र अमेरिकन फार्म ब्यूरो फेडरेशन लगायतका व्यापार समूहहरूले रेल सेवा बन्द गर्दा अर्थतन्त्रमा प्रतिदिन २ बिलियन डलरको विनाशकारी असर पर्ने चेतावनी दिएका थिए । रेल हडतालका कारण अमेरिकाको राष्ट्रको माल ढुवानी आवागमन ३० प्रतिशत रोकिने खतराको बारेमा चिन्ता बढ्दै गएको थियो।

आर्थिक मन्दीको त्रास भइरहेको बेलामा हडताल भएमा अमेरिकी अर्थतन्त्रको लागि धक्का निम्त्याउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com