बेल्जियमको विश्वकप यात्रा समाप्त


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको युरोपेली फुटबलको हेवीवेट बेल्जियम क्रोएसियासँगको खेल ० ० को बराबरीमा सकिएपछि विश्वकप २०२२ बाट बाहिरिएको छ।

उनीहरु अब नकआउट चरणमा पुग्न सक्ने छैनन् ।

रेड डेभिल्सलाई यो खेल जित्न आवश्यक थियो। तर बराबरी भएपछि मोरक्को र क्यानडाबीचको खेलले महत्व राख्यो ।

पछिल्लो फिफा विश्वकपमा कुनै पनि अफ्रिकी देश नकआउट चरणमा पुग्न सकेको थिएनन् । तर यस पटक सेनेगल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन् ।

यसैबीच, क्यामरुन र घानाले आफ्नो अन्तिम समूह खेलहरू खेल्न बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com