न्युयोर्कमा एसियन महिलालाई आक्रमण गर्नेलाई साढे १७ बर्ष जेल, घृणा अपराधमा दोषी


प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार

यो वर्षको सुरुमा न्युयोर्कको योन्कर्समा भएको घृणा अपराध आक्रमणको क्रममा एक एसियाली महिलालाई १ सय भन्दा बढी पटक मुक्का प्रहार गरेको आरोप स्वीकार गर्ने एक व्यक्तिलाई मङ्गलबार राज्यको जेलमा साढे १७ वर्षको सजाय सुनाइएको छ ।

वेस्टचेस्टर काउन्टी जिल्ला न्यायधिवक्ताको कार्यालयले ४२ वर्षीय तमेल एस्कोलाई योन्कर्स अपार्टमेन्ट भवनको लबीमा ६७ वर्षीया एसियाली महिला विरुद्ध मार्चमा भएको आक्रमणको लागि सजाय सुनाइएको जनाएको छ । एस्कोले सेप्टेम्बरमा फर्स्ट डिग्री आक्रमणलाई घृणा अपराधको रूपमा स्वीकार गरेको थियो।

मार्च ११ मा एस्कोले फिलिपिनो मूलकी महिलाविरुद्ध विरुद्ध एसियाली विरोधी गाली प्रयोग गरेको थियो । पछाडिबाट नजिक पुगेर महिलाको टाउकोमा मुक्का समेत हानेको थियो ।

एस्कोले महिलालाई आक्रमण गर्न जारी राखेको थियो । उनलाई १ सय पटक भन्दा बढी पटक मुक्का हानेको तथा जुत्ताले उनीमाथि हानेको थियो । साथै उनीमाथि थुकेको समेत थियो । आक्रमणको केही समयपछि प्रहरीले घटनाको सीसीटिभी भिडियो जारी गरेको थियो।

पीडितको मस्तिष्कमा रगत बगेको, टाउको र अनुहारमा चोटपटक लागेको उपचार भइरहेको छ । उनी मंगलबार बयानका लागि अदालतमा हाजिर भएकी थिइन् । यो निमर्म आक्रमणले घरनै गुमाउनेगरी खर्च भएको उनले बताइन् ।

यो आक्रमणका कारण आफूले २४ वर्षभन्दा बढी समयदेखि घर भन्दै आएको ठाउँ, छोरीहरूलाई हुर्काएको ठाउँ, र आफ्ना लामो समयदेखिका छिमेकीहरू गुमाएको उनले बताइन् । पूर्ण अपरिचित व्यक्तिले आफू एसियाली भएकै कारणले थुकेको र कुटेको उनले बताइन् । भगवान र फौजदारी न्याय प्रणालीले यो घटना कुनै पनि निर्दोष परिवारमा फेरि कहिल्यै नहोस् भनेर उनले कामना गरिन् ।

मंगलबार एक समाचार ब्रीफिंगमा, वेस्टचेस्टर काउन्टी जिल्ला अधिवक्ता मिरियम रोकाहले यस आक्रमणलाई यस क्षेत्रले देखेको सबैभन्दा भयानक र स्तब्ध पार्ने घृणा अपराधहरू मध्ये एक भनेर वर्णन गरे।

आक्रमणकारी आक्रमणको दिन पक्राउ परेदेखि जमानत बिना नै हिरासतमा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com